default_image

3 years ago

December 9, 2021

हेडको आक्रामक शतकमा अष्ट्रेलियाको विशाल अग्रता

89 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको आक्रामक शतकमा एशेज सिरिज पहिलो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा अष्ट्रेलियाले पहिलो इनिङमा ८४ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको छ । समग्रमा अष्ट्रेलियाले पहिलो इनिङमा १ सय ९६ रनको विशाल अग्रता लिई सकेको छ ।

अष्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेड ९५ बलमा १२ चौका र २ छक्कासहित १ सय १ सय १२ रनमा अविजित छन् । हेडले मात्र ८५ बलमा शतक प्रहार गरेका थिए । टेस्ट करिअरको हेडको तेस्रो तथा एशेज सिरिजमा पहिलो शतक हो । एशेज सिरिज इतिहासको तेस्रो छिटो शतकमा पर्दछ । मिचेल स्टार्क १० रनमा अविजित छन् ।

ओपनर डेविड वार्नर १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । अष्ट्रेलियाले ओपनर मार्कस हरिसलाई तीन रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि वार्नर र मार्नस लाबुसेनले १ सय ५६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले मजबुत ब्याटिङ गरेको थियो । तर मध्यक्रममा सम्माल्लिन सकेन । लाबुसेन स्पिनर ज्याक लेचको बलमा मार्कवुडबाट ७४ रनमा क्याच आउट भए । १ सय १७ बल खेलेका लाबुसेनले ६ चौका र २ छक्का प्रहार गरे ।

मार्क वुडले स्टिभ स्मिथलाई १२ रनमा जस बटलरबाट क्याच गराए । तीव्र गतिका बलर ओली रोविन्सनको स्लो बलमा वार्नर कभरमा बेन स्टोक्सबाट क्याच आउट भएपछि शतक बनाउन ६ रनले चुकेका थिए । लगत्तै अर्को बलमा क्यामरन ग्रिन शून्यमा बोल्ड आउट भए । एलेक्स केरी र प्याट कमिन्स दुबै १२–१२ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोविन्सनले सर्वाधिक तीन विकेट लिएका छन् । जो रुट, मार्कवुड, ज्याक लेच र क्रिस वोक्सले १–१ विकेट लिए ।

त्यसअघि द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिन ५०.१ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । इंग्ल्यान्डका विकेटकिपर जस बटलरले ५८ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । युवा ब्याटर ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन जोडे । पहिलो ओभरको पहिलो बलमै तीव्र गतिका बलर मिचेल स्टार्कले ओपनर रोरी बन्र्सलाई बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जोश हेजलवुडले डेविड मलानलाई ६ रन र कप्तान जो रुटलाई शून्यमा क्याच गराएपछि इंग्ल्यान्ड सुरुवातै संकटमा परेको थियो । लामो समयपछि मैदानमा फर्किएका बेन स्टोक्स पाँच रनमा स्लिपमा मार्नस लाबुसेनबाट क्याच आउट भए । प्याट कमिन्सको बलमा स्टोक्स क्याच हुन पुगेका थिए ।

स्टोक्स आउट हुँदा इंग्ल्यान्ड १२.४ ओभरमा २९–४ को कमजोर अवस्थामा थियो । हसिब हमिद ७५ बलमा ३ चौकासहित २५ रनमा क्याच आउट भए । कमिन्सको बलमा हमिद स्टिभ स्मिथबाट क्याच आउट भएका थिए । छैटौं विकेटका लागि बटलर र पोपले ५२ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाल्न खोजेका थिए । तर मिचेल स्टार्कले विकेटकिपर एलेक्स केरीबाट बटलरलाई क्याच गराएपछि इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो । बटलर आउट भएको दुई ओभर पछि पोप पनि हेजलवुडबाट क्याच आउट हुन पुगे । पोप आउट हुँदा इंग्ल्यान्ड ४३।१ ओभरमा ११८–७ को अवस्थामा थियो ।

क्रिस वोक्स २४ बलमा ४ चौका सहित २१ रनमा आउट भए । ओली रोबिनसन शून्य र मार्क वुड ८ रनमा आउट भए । अष्ट्रेलिया कप्तान प्याट कमिन्सले १३।१ ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्क र जोश हेजलवुडले २–२ विकेट लिए ।

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]

January 8, 2025

दुई अर्धशतकमा आर्मीको मजबुत योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]

January 8, 2025

कुशलको अर्धशतकमा पुलिस अग्रता बढाउँदै

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा जय ट्रफी मेन्स एलिट कप दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा अग्रता बढाएको छ । बुधवार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो दिनको समाप्तीसम्म पुलिसले मधेश सामू ४५ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा उसको २० ओभर बाँकी नै रहँदा ७ विकेट पनि […]

Success

Thank you for your time.