default_image

3 years ago

December 8, 2021

बिग ब्यासमा सन्दीप सम्मिलित होबार्ट पराजित

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१÷२२ मा सिड्नी सिक्सर्ससँग १४ रनले पराजित भएको छ । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा पहिलो खेलमै होबार्ट सिड्नीसँग पराजित हुन पुगेको हो ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धरित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो । होबार्टका पिटर ह्यान्ड्सकम्बले ३१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । म्याथ्यु वेड २०, डार्सी शर्ट २१, केलेव ज्वेल २० र जोर्डन कक्स १० रनमा आउट भए । सिड्नीका टम करनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । हेडेन केरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । सिड्नीका कप्तान मोइजेस हेनरिक्सले ४८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । टम करनले २१ बलमा ४ चौकासहित २७ रन बनाए ।

एक समय ८.१ ओभरमा ३९–५ को अवस्थाबाट सिड्नीले राम्रो पूनरागमन गरेको थियो । होबार्टका थोमस रोर्जसले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । नाथन एलिसले २ विकेट लिए । होबार्टले दोस्रो खेल शनिबार सिड्नी सिक्सर्ससँग नै खेल्नेछ ।

सन्दीपको चार ओभर

होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।

सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे ।

१३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ बल डट राखेका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.