default_image

3 years ago

December 8, 2021

नेपाल यू-१९ एसिया कपको सहज समूहमा

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपमा सहज समूहमा परेको छ । अर्को महिना युएईमा हुने यू-१९ एसिया कपको लागि नेपाल सहज समूह बी मा छ ।

समूह बी मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुष ८ देखि १७ गते सम्म ( डिसेम्बर २३ देखि जनवरी १) युएईमा चल्नेछ । दुबै समूह शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ । दुबै सेमिफाइनल पुष १५ (३० डिसेम्बर) मा हुनेछ ।

सबै टोली पुष ५ मा युएई पुगि सक्नुपर्ने हुन्छ । पुष ६ मा क्वारेनटाइन र पुष ७ मा अभ्यास हुनेछ । नेपालले पहिलो खेल पुष ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ । नेपालले पुष ११ (डिसेम्बर २६) मा श्रीलंका र पुष १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।

फाइनल पुष १७ गते दुबई इन्टरनेशल स्टेडियममा हुनेछ । यद्यपी एसियन क्रिकेट काउन्सिलले औपचारिक रुपमा भने समूह चरण र खेल तालिका भने सार्वजनिक गरेको छैन । बंगलादेश, पाकिस्तान र अफगानिस्तानले यू१९ एसियाकप खेल्ने टोली घोषणा गरि सकेका छन् । नेपालले २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ ।


एक साताको बन्द प्रशिक्षणपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ । नेपालले यसै साता सम्पन्न यू-१९ राष्ट्रिय प्रतियोगिता आधारमा खेलाडी छनोट गरेको जनाएको थियो । तर प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्ने तीव्र गतिका बलर दुर्गेश गुप्ता, अलराउन्डर नारायण जोशी लगायतका केहि खेलाडी भने बन्द प्रशिक्षण मै परेका छैनन् ।

यू-१९ छनोटले गिज्याएको क्यान अध्यक्षको प्रतिवद्धता

मुम्बई हुर्केर नेपालमा फक्रिएका अर्जुन

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.