3 years ago
December 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका तीव्र गतिका बलर मोहम्मद हसन यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) र उत्कृष्ट बलर घोषित भएका छन् । लुम्बिनीका कप्तान देव खनाल प्रतियोगिताकै उत्कृष्ट ब्याटर चुनिए ।
प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउन यी दुई खेलाडीको प्रर्दशन महत्वपूर्ण थियो । मोहम्मद हसनले ७ खेलमा २१ विकेट लिदै शीर्षस्थानमा थिए । गण्डकीविरुद्ध मुलपानी मैदानमा हसनले एक्लै ७ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका थिए । प्रतियोगिताभर हसनले ५७ ओभरमा ५ मेडन सहित २ सय ४४ रन खर्चेर २१ विकेट लिएका थिए । इकोनमी ४.२८ थियो ।
हसनले कर्णालीसँग १ र सुदूरसँग ४ विकेट लिएका थिए । बागमतीविरुद्ध २ र प्रदेश १ विरुद्ध ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । फाइनलमा उपाधि जिताउन उनले दुई महत्वपूर्ण विकेट लिएका थिए । हसनले प्लेयर अफ द सिरिज वापत रु १५ हजार र उत्कृष्ट बलर स्वरुप १० हजार रुपैयाँ प्राप्त गरे ।
लुम्बिनीलाई उपाधि जिताउन कप्तान देव खनालले ७ खेलमा ४ अर्धशतक सहित कुल ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । औसत ६६.८० रहँदा प्रतियोगिताभर ३३ चौका र ११ छक्का प्रहार गरे । पहिलो खेलमा देव गण्डकी प्रदेशविरुद्ध १८ रनमा अविजित थिए । दोस्रो खेलमा कर्णालीसँग शून्य र तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध ९२ रनको इनिङ्स खेलेका थिए ।
सुदूरपश्चिमविरुद्ध १ सय ३२ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै प्लेयर अफ द म्याच चुनिए । बागमतीविरुद्ध देव ९९ बलमा ७ चौका र १ छक्का सहित ६७ रन जोडेका थिए । प्रदेश १ विरुद्ध २५ र प्रदेश २ विरुद्ध ६२ रनमा अविजित थिए । फाइनलमा सुदूरविरुद्ध ७० रनको योगदान दिए । देवले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
लुम्बिनीले आइतबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । च्याम्पियन लुम्बिनीले २ लाख र उपविजेता सुदूरले १ लाख पुरस्कार पाएका छन् । ७ प्रदेशबीच लिगको ढाँचामा भएको प्रतियोगितामा लुम्बिनी शीर्ष र सुदूर दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]