3 years ago
December 3, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र चेतेश्वर पुजारा न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा एकै ओभरमा डक आउट भएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवातको बाबजुद प्रमुख दुई ब्याटरलाई एकै ओभरमा शून्यमा गुमाएको हो ।
स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई ब्याटरलाई शून्यमा पेभेलिएन पठाए । ३० औं ओभरको दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड आउट गरे । पाँच बल खेलेका पुजाराले खाता खोल्न सकेनन् । अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । चार बल खेलेका शून्यमा पेभेलिएन फर्के । पहिलो टेस्टमा विश्रामको कारण कोहली खेल खेलेका थिएनन् ।
वर्षाको कारण खेल ढिलो सुरु भएको थियो । ओपनर मयंक अग्रवाल र सुभमन गिलले २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिएथिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।
भारतले ४१ ओभरमा ३ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । ओपनर मयंक अग्रवाल १ सय ३७ बलमा ७ चौका र २ छक्कासहित ५८ रनमा अविजित छन् । श्रेयस ऐरले ११ रनमा साथ दिएका छन् । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]