3 years ago
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमतीमाथि सहज जितका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा लुम्बिनी प्रदेशसँगको भेट पक्का गर्यो ।
९६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा नरेश भट्ट ५८ बलमा ६ चौकासहित ३७ रनमा अविजित रहे । राहुल भण्डारी ३९ बलमा ५ चौका सहित ३१ रनमा अविजित रहे । ओपनर खडक बहादुर बोहरालाई तीव्र गतिका बलर गौतम केसीले ५ रनमा एलबीडब्लू आउट गरेका थिए । प्रतिश जिसीले वसन्त कार्कीलाई ११ रनमा क्याच गराए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती ३०.१ ओभरमा ९५ रनमा अल आउट भयो । सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धार्मी र स्पिनर शेर मल्लले बागमतीको ब्याटिङ धरासय बनाएका थिए । बागमतीका विवेक रानामगर ७५ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाए । कृश कार्कीले ३० बलमा २ चौका र १ छक्कासहित १७ रनमा क्याच आउट भए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुर्यांशु कोइराला ८, उत्तम थापा ६ र विपिन शाही शून्यमा आउट भए । प्रशान्त महत १, स्वपनिल अधिकारी शून्य, प्रतिश जि.सी ६, गौतम केसी ७ र विपुल खनाल ३ रनमा आउट भए ।
सुदूरपश्चिमका हेमन्त धामीले १० ओभरमा ४ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए । शेर मल्लले ५.१ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए ।
लिगमा शीर्ष र दोस्रो स्थानमा रहेका लुम्बिनी र सुदबीचको फाइनल आइतबार हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष र सुदूरपश्चिम समान खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरे ।
गण्डकी ६ खेलमा ३ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा रहेर बाहिरियो । प्रदेश एक ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा रह्यो । बागमती ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा रह्यो। कर्णाली ६ खेलमा ४ मा हार र २ मा जित छैटौं र प्रदेश २ ले ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा रह्यो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]