default_image

3 years ago

December 1, 2021

विलियम्सन मालामाल, नारायणलाई घाटा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि न्युजिल्यान्डका कप्तान केन विलियम्सनको सनराइजर्स हैदराबादमा तलब १४ करोड भारु हुने भएको छ ।

हैदराबादले केन विलियम्सनसँगै अब्दुल सामद र उमर मलिकलाई टोलीमा राखेको छ । हैदराबादले पूर्व कप्तान तथा अष्ट्रेलिया ओपनर डेविड वार्नर, इंल्यान्डका जोनी बेयरस्टो र अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान लगायतका खेलाडीलाई फुकुवा गरेको छ । विलियम्सनको मूल्य एक सिजनको १४ करोड रहने छ । यसअघि हैदराबादमै विलियम्सनको पारिश्रमिक ३ करोड भारु थियो । अब्दुल सामदको तलब पनि २० लाखबाट बढेर ४ करोड पुगेको छ । भारतकै सर्वाधिक गतिका युवा बलर उमर मलिकले ४ करोड पाउने छन् ।

कोलकताले वेस्टइन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल, स्पिनर सुनिल नारायण, भारतीय स्पिनर बरुण चक्रवर्ती र वेंकटेश ऐरलाई अनुबन्ध गर्ने भएको छ । रसेलको तलब १२ करोड, नारायणको ६ करोड, ऐर र चक्रवर्तीलाई ८–८ करोड भारु हुनेछ । रसेलको यसअघि कोलकतामा तलब ८ करोड ५० लाख भारु थियो । विष्फोटक ब्याटर रसेलले यस पटक महँगो मूल्य पाएका हुन् ।

अलराउन्डर सुनिल नारायणको भने १२ करोड ५० लाखबाट ६ करोड भारुमा झरेको छ । साविक उपविजेता कोलकताले ओपनर सुभमन गिल, कप्तान ओईन मोर्गन, प्याट कमिन्स लगायतका खेलाडीलाई फकुवा गरेको छ । २०२० को अक्सनमा कमिन्सलाई कोलकताले १५ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

राजस्थान रोयल्सले इंग्ल्यान्डका बेन स्टोक्स र जोफ्रा आर्चरलाई फुकुवा गरेको छ । इंग्ल्यान्डका विकेटकिपर जस बटलरलाई १० करोड भारुमा टोलीमै राखेको छ । बटलरको राजस्थानमा यस ४ करोड ४० लाख भारु तलब थियो । कप्तान सन्जु स्यामसनको तलब १४ करोड पुगेको छ । सन्जुको पारिश्रमिक ८ करोडबाट १४ पुगेको हो । युवा ओपनर यशस्वी जैशवाललाई राजस्थानले ४ करोडमा अनुबन्ध गरेको छ ।

June 28, 2024

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ […]

June 27, 2024

सेमिफाइनलमा इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिलो फिल्ड गर्ने भएको छ । भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ । भारत: रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, […]

June 27, 2024

भारत र इङ्ल्यान्डबीचको सेमिफाइनलमा वर्षा बाधक

एजेन्सी – साविक विजेता इङ्ल्यान्ड र भारतबीच टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल बर्षाका कारण प्रभावित भएको छ। नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि बर्षा भएपछि टस पनि भएको छैन। अहि वर्षा रोकिएको छ। केही समयमा मैदानको निरीक्षणपछि खेलका बारेमा नयाँ जानकारी आउनेछ। पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन […]

Success

Thank you for your time.