default_image

3 years ago

November 28, 2021

वरियताले ग्लोबल छनोट खेल्न पाउँछ नेपाल ?

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा तेस्रो हुँदै बाहिरियो । प्रतियोगिता अघि उपाधिको बलियो दाबेदार नेपाल हङकङसँग ६ विकेट र युएईसँग ४८ रनले पराजित भएपछि ग्लोबल छनोट खेल्ने अवसर गुमाएको हो ।

युएई ५ खेलम शतप्रतिशत जितका साथ ग्लोबल छनोटमा पुगेको छ । पाँच क्षेत्रिय छनोट खेलेका तर ग्लोबल छनोटमा स्थान बनाउन नसकेको एक टोलीले वरीयताको आधारमा अवसर पाउनेछ । नेपालको अन्तिम झिनो आशा वरीयतामा अड्किएको छ ।

२०२१ नोभेम्बर ३० अर्थात आगमी मंगलबार सम्म आइसिसीको महिला टि२० विश्व वरीयता शीर्ष ७ टोली सोझैं विश्वकपमा स्थान बनाउने छन् । आइसिसीले अन्तिम पटक महिला टि२० आई वरीयता नोभेम्बर २२ मा परिवर्तन गरेको थियो । नेपाल १६ औं स्थानमा छ । सामोआ १५ औं, पपुवा न्युगिनी १४ औं, स्कटल्यान्ड १३ औं र आयरल्यान्ड १२ औं स्थानमा छ । आइसिसीको नयाँ टि२० वरियतामा आयरल्यान्डलाई पछि पानुर्नपर्ने हुन्छ ।

आयरल्यान्ड युरोप क्वालिफायरबाट बाहिरिएको थियो । गत अगस्टमा भएको प्रतियोगितामा स्कटल्यान्डसँग पछि पर्दै आयरल्यान्ड बाहिरिएको थियो । सोमोआ र पपुवा न्युगिनी इस्ट एसिया प्यासिफिक क्षेत्र छनोटमा छन् । तर कोरोना महामारीको कारण उक्त प्रतियोगिता हुन सकेन । सोमोआ र पिएनजी मध्य मंगलबार जारी हुने वरियतामा शीर्षस्थानम रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

के नेपाल छनोट हुनसक्छ ?

नेपाल प्रतियोगिता सुरुहुनुअघि १४ औं स्थानमा थियो । अहिले १६ औं स्थानमा पुगेको छ । जसको कारण आइसिसीले परिवर्तन गरेपनि मिति सार्वजनिक नगरेको अनुमान गरिएको छ । त्यसले गर्दा नेपालको सम्भावना कम छ । नेपाल वरियताकाको आधारमा छनोट हुन आयरल्यान्डलाई पछि पार्नुपर्छ । नेपालले खेलेका ५ मध्य ३ मा जित र २ मा हार बेहोको छ ।

नेपालको रेटिङ ८ खेलमा १ सय २४ र आयरल्यान्डको २० खेलमा १ सय ६० रेटिङ छ । नेपालले आयरल्यान्डलाई पछि पार्ने सम्भावना निकै कम देखिन्छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.