3 years ago
November 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल आज युएईसँग खेल्दैछ । नेपाल र युएईबीचको खेल मध्याहन्न ११ : १५ मा आइसिसी एकेडेमी नम्बर २ मा हुनेछ । आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
युएई ४ खेलमा ४ मानै जितका साथ शीर्षस्थानमा छ । घरेलु टोली युएई नेपाललाई स्तब्ध बनाउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । युएईले घरेलु मैदान र वातावरणको अतिरिक्त फाइदा उठाउने सोचमा छ । यता नेपाल भने युएईमाथि सहज जितका साथ ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले भने पुग्दैन । नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपालको नेटरनरेट २.०८८ र युएईको २.३९८ छ ।
नेपालको ओपनर सीता रानामगर लयमा देखिएकी छिन् । उनलाई अर्कोतर्फबाट साथ दिन आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको हो । त्यसपछि नेपालले सानदार जितका साथ अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
युएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानसँग ४७ रन र कुवेतलाई ७ विकेटले हराउँदै अघिल्लो चरण नजिक छ । अन्तिम बल वा सामान्य रन अन्तरको हारको बाबजुद पनि युएई शीर्षस्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नसक्छ । युएईले प्रस्तुत गरेको लक्ष्यमा सबै विपक्षी टोलीले १ सय माथि रन बनाएका छन् । त्यसैले युएईको बलिङ केहि कमजोर छ । उक्त कमजोरीलाई नेपालले भरपूर्ण फाइदा उठाउन आवश्यक देखिन्छ ।
ओपनर थ्रीथा सतिस राम्रो लयमा छिन् । उनी ४ खेलमा १ सय १८ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छिन् । इशा ओझा पनि नेपाललाई घातक बन्न सक्ने ब्याटरमा पर्दछिन् । तीव्र गतिकी बलर खुशी शर्माबाट नेपाली ब्याटर सचेत रहन आवश्यक देखिन्छ । नेपालले आक्रामक ब्याटिङ गर्न आवश्यक देखिन्छ । यस प्रतियोगितामा बाउन्ड्री प्रहार गर्न संघर्ष गर्दै आएको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]