3 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४० रन बनाए । एपिएफका रित गौतम, आसिफ शेख र सुमित महर्जन ५(५ रनमा आउट भए । पुरन विक १८ र अमर सिंह राउटेला १३ रन बनाए ।
प्रदेश २ का रुपेश सिंहले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । सुरज कुर्मीले २, विशाल शुश्लिङ र कुमार थापाले १(१ विकेट लिए । जवाफी ब्याटिङ थालेको प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । प्रदेश २ का विशाल शुश्लिङले ५५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे ।
अन्य ब्याटर चल्न नसक्दा पराजित हुन पुग्यो । हासिम अन्सारी ३, सुरज कुर्मी ९, रवि सिंह ६ र असाब हुसैनले १४ रन बनाए । एपिएफका विपिन खत्री र अमर सिंह राउटेलाले २-२ विकेट लिए । किशोर महतो, दीपक बोहरा र भुवन कार्कीले १-१ विकेट लिए । उपाधिका लागि एपिएफले आर्मीसँग शनिबार खेल्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]