3 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर साहब आलमको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । आर्मीले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ५३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । आर्मीका सोमपाल कामीले १६, सचिन शर्मा १७, भीम सार्की ७ र रोहित कुमार पौडेल १० रनमा आउट भए । कप्तान विनोद भण्डारी २३ बलमा १ छक्का सहित २३ रनमा अविजित रहे । कुशल मल्लले ११ बलमा २ चौका सहित १६ रन बनाए ।
नेपाल पुलिसका राशिद खानले ४ ओेभरमा २२ रन खर्चेर ३ विकेट लिए । ललितनारायण राजवंशी, मञ्जित श्रेष्ठ र आरिफ शेखले १-१ विकेट लिए । जवाफी ब्याटिङ थालेको पुलिस १३ ओभरमा ४४ रनमा अल आउट भयो । पुलिसका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशल भुर्तेल ८, सुनिल धमला ६, शंकर राना ४, अनिल शाह शून्य, अमित श्रेष्ठ १, दीलिप नाथ ७, आरिफ शेख ४ र राशिद खानले ६ रन बनाए ।
आर्मीका सोमपाल कामीले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । साहब आलमले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ४ विकेट लिए । सुशान भारीले २ र कुशल मल्लले १ विकेट लिए । आर्मीले उपाधि लागि शनिबार एपिएफसँग खेल्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]