3 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्सका बाबजुद भयो । ओपनर रोहन विकले ५९ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । सन्तोष कार्की ११, तृतराज दास ८, आशिष झा ५ र गुलशन झा १ रनमा आउट भए ।
अमित यादव ११, आदिल अन्सारी १३, साम्सद मानसुरीले १६ रन बनाए । ६० बल खेलेका प्रदीप पासवानले १ चौका सहित १० रन बनाए । प्रदेश नम्बर १ का दीपेश कडेलले १० ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर गौरव कटवालले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दीपक जोशीले २ र अभिनय राजवंशीले १ विकेट लिए ।
जवाफमा प्रदेश नम्बर १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारीले १ सय ४५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १९ रनको अविजित इनिङ्स खेले । सोनुले साम्सद मानसुरीलाई ४० औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । सोनु सुदूरपश्चिम प्रदेशका अर्जुन साउदपछि शतक प्रहार गर्ने यस प्रतियोगिता दोस्रो खेलाडी हुन् । उनले १ सय २३ बलमा शतक पूरा गरेका थिए ।
दीपेश कंडेलले ५३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । विवेक मेहता २९ रनमा ४ चौका २९ रनमा अविजित रहे । ओपनर अंकित सुवेदी १४ र लव कामत ९ रनमा आउट भए । प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृतराज दासले १–१ विकेट लिए ।
प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई २६ रन र दोस्रो खेलमा कर्णालीलाई ७६ रनले हराएको थियो । प्रदेश २ ले पहिलो खेलमा सुदूरपशिमचलाई २ विकेटले हराएको थियो । प्रदेश १ ले मंसिर १३ मा लुम्बिनी प्रदेशसँग खेल्नेछ । प्रदेश २ ले मंसिर १२ मा बागमतीसँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]