default_image

3 years ago

November 25, 2021

साहब र कुशल चल्दा आर्मी सेमिफाइनलमा

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलम र कुशल मल्लको उत्कृष्ट बलिङमा त्रिभुवन आर्मी क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको समूह २ को खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा सचिन शरण २९ बलमा २ छक्का सहित ३४ रन बनाए । सोमपाल कामी ४, भीम सार्की १ र रोहित कुमार पौडेल ६ रनमा आउट भए । कप्तान विनोद भण्डारी ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३२ रनमा अविजित रहे ।

कुशल मल्ल ४ रनमा आउट हुँदा राजेश पुलामी मगर १२ रनमा अविजित रहे । लुम्बिनी प्रदेशका लेगस्पिनर मौसम ढकालले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर दीपेन्द्र राउतले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । लुम्बिनीका सुशान्त थापाले ५२ बलमा १ चौका सहित ३१ रन बनाए । सौरभ खनाल, सन्दीप रजाली र कृष्ण कार्की शून्यमा आउट भएपछि लुम्बिनी सस्तैमा समेटिएको थियो । दीपेन्द्र राउत २७ र तुल बहादुर थापाले १२ रन बनाए । कुशल मल्लले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । साहब आलमले ४ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ४ विकेट लिए । आलम खेलको प्लेयर अफ द म्याच चुनिए । सोमपाल कामी र विक्रम सोब लगातार तेस्रो खेलमा विकेट विहीन बने ।

समूह बी बाट आर्मी उपविजेता र एपिएफ विजेताको रुपमा सेमिफाइनलमा पुगे । ३ खेलमा समान ४ अंक भएपनि नेटरनरेटका आधारमा एपिएफ अघि रहेको हो । नेटरनरेटकै कारण लुम्बिनी बाहिरिएको छ । समूह ए बाट पुलिस विजेता र प्रदेश २ उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा पुलिस र आर्मी तथा एपिएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.