default_image

3 years ago

November 24, 2021

भुवनको घातक बलिङमा एपिएफले आर्मीलाई हरायो

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर भुवन कार्कीको घातक बलिङको सहयोगमा नेपाल एपिएफ क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा एपिएफले राष्ट्रिय टोलीका बाहुल्यता भएको त्रिभुवन आर्मी क्लबलाई १५ रनले पराजित गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । एपिएफका पुरन विकले ३७ बलमा १ चौका सहित सर्वाधिक २५ रन बनाए । तल्लोक्रमका अमरसिंह राउटेला १२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा आउट भए । ओपनर रित गौतम ७, आसिफ शेख १५, सुमित महर्जन १९ र भुवन कार्कीले ५ रन बनाए । आर्मीका कुशल मल्लले २ विकेट लिए । सुशान भारी र साहब आलमले १–१ विकेट लिए । तीव्र गतिका बलर सोमपाल कामी र विक्रम सोब दोस्रो खेलमा पनि विकेट विहीन बने ।

जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आर्मी १७.१ ओभरमा ९३ रनमा अल आउट भयो । आर्मीका साहब आलमले १४ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १५ रन बनाए । विनोद भण्डारी र सोमपाल कामी १४–१४ रनमा आउट भए । ओपनर इन्द्र कुमार मानन्धर ११, भीम सार्की २, कुशल मल्ल ९, रोहित कुमार पौडेल ७ र राजेश पुलामी मगर २ रनमा आउट भए ।

एपिएफलाई जिताउन भुवन कार्कीले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । अमर सिंह राउटेलाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । आर्मीले पहिलो खेलमा हरपुर क्रिकेट क्लबलाई ५२ रनले हराएको थियो । एपिएफ लुम्बिनी प्रदेशसँग १६ रनले स्तब्ध भएको थियो ।

लुम्बिनी २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । आर्मी र एपिएफ समान २ खेलमा २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । समूह ए बाट पुलिस र प्रदेश नम्बर २ सेमिफाइनलमा पुगि सकेका छन् । बिहीबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् । आर्मीले लुम्बिनीसँग खेल्नेछ । लुम्बिनी सामान्य रन अन्तरले हार्दा पनि सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ । आर्मीलाई जित्नै पर्ने हुन्छ । एपिएफले हरपुरसँग खेल्नेछ । एपिएफ विजयी भएमा नेट रनरेटमा निर्भर रहनेछ । सेमिफाइनल मंसिर १० र फाइनल ११ गते हुनेछ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.