3 years ago
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो ।
न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा ओपनर सोनम पाल्डोनले २९ बलमा १ चौका सहित ११ रन बनाइन् । पहिलो विकेटका लागि सोनम र न्गावांगले ७ ओभरमा ३० रन बनाउँदै भुटानको लागि राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सीता रानामगरले चोडेनलाई बोल्ड आउट गरेपछि भुटानले रनको गति बढाउन सकेको थिएन ।
सीतालेनै सोनमलाई सरस्वती कुमारी चौधरीबाट क्याच गराएकी थिइन् । सीताले डेचेन वांगमो २ रनमा कटएण्ड बोल्ड आउट गरिन् । सोनम चोडेन ६ रनमा अविजित रहे । सीता रानामगरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी चार खेलमा जित्नुपर्ने हुन्छ ।
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कप फेरी पनि बराबरी खेलेका छन् । बिहीवार बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिनको खेल समाप्ती भएसँगै खेल बराबरीमा सकिएको हो । आर्मीले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा पाँच विकेट गुमाएको अवस्थामा दिनको समाप्ती भएसँगै […]
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । बिहीवार सम्पन्न खेलमा पुलिसले मधेश प्रदेशमाथि एक इनिङ्स ३५ रनको जित हात पारेको हो । विरगंजमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । […]
January 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]