3 years ago
November 17, 2021
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत पहिलो आज हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा जयपुरमा सुरुहुनेछ । भारत र न्युजिल्यान्ड दुबै पहिलो खेलमा जितका साथ सिरिजमा अग्रता लिने सोचमा छन् ।
यसै साता सम्पन्न टि२० विश्वकपमा सानदार प्रदर्शनका साथ फाइनल खेलेको न्युजिल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रनेछ । टि२० विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको भारत आजदेखि नयाँ सुरुवात गर्दै छ । नयाँ कप्तान रोहित शर्मा र प्रशिक्षक राहुल द्रविडका साथ भारतले अर्को वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि यसै सिरिज मार्फत तयारी थाल्नेछ ।
न्युजिल्यान्ड टि२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । सुपर १२ को २ मा रहेको भारत पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै घर फर्किएको थियो । भारत आगमी वर्ष हुने टि२० विश्वकपको लागि टिम निर्माणमा ध्यान दिनेछ । सफल प्रशिक्षक द्रविड र कप्तान रोहितलाई अर्को वर्ष उपाधिको चुनौती नै छ ।
पूर्व कप्तान द्रविडले भारतीय यू१९, नेशनल क्रिकेट एकेडेमी र भारत ए लाई आफ्नो प्रशिक्षणमा नयाँ स्तरमा पुर्याएका थिए । रोहितले आइपिएलमा मुम्बई इन्डियन्सलाई पाँच पटक च्याम्पियन बनाई सकेका छन् । रोहित र राहुल द्रविडबाट भारतले त्यस्तै सफलता अपेक्षा गरेको छ । भारतले २०१३ पछि कुनैपनि आइसिसी उपाधि जितेको छैन ।
आजको खेलमा रोहित र ईशान किशनले ओपनिङ गर्ने सम्भावना छ । यस सिरिजमा विराट कोहली नहुँदा तेस्रो नम्बरमा लोकेश राहुलको सम्भावना छ । चौथो नम्बरमा सूर्यकुमार यादव र पाँचौं नम्बरमा श्रेयस ऐरले भूमिका निर्वाह गर्न सक्छन् । विकेटकिपर ऋषभ पन्त फिनिसरको रुपमा रहनेछन् । स्पिनरमा युजभेन्द्र चहल र रविचन्द्रन आश्विनको सम्भावना छ । चहल भारतीय विश्वकप टोलीमा थिएनन् । चहल सानदार प्रदर्शनका साथ छनोट समितिलाई राम्रो जवाफ दिन चाहन्छन् ।
तीव्र गतिका बलर हर्षल पटेलले भारतीय टोलीमा डेब्यू गर्ने सम्भावना छ । पटेलले यस सिजनको आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै ३२ विकेट लिएका थिए । दीपक चाहर र भुवनेश्वर कुमारको सम्भावना छ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन र तीव्र गतिका बलर काइल जेमिसनलाई विश्राम दिएको छ । टि२० सिरिजपछि न्युजिल्यान्डले भारतसँग दुई टेस्ट सिरिज पनि खेल्नेछ । जसको कारण यी दुई खेलाडीलाई विश्राम दिएको हो । न्युजिल्यान्डको कप्तानी टिम साउथीले गर्नेछन् ।
ओपनिङ डर्याल मिचेल र मार्टिन गुप्टिलले गर्नेछन् । ग्लेन फिलिप्स न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विकेटकिपर टिम सिफर्टबाट न्युजिल्यान्ड राम्रो प्रदर्शन चाहन्छ । जिमी निशम पनि राम्रो लयमा छन् । उनी तल्लोक्रममा नायक बन्न सक्छन् । तीव्र गतिका बलर टे«न्ट बोल्ट, टिम साउथी र एडम मिल्नेको जोडीलेनै निरन्तरता पाउनेछन् । स्पिनरमा ईश सोधी र मिचेल सान्टनर रहनेछन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]