August 24, 2022
भुपेन्द्र जिसी, काठमाडौं खेलमा गम्भीर र खेल बाहिर सधैं मुस्कानका साथ प्रस्तुत हुने मिहिनेती न्यु डायमण्डका मुख्य प्रशिक्षक कुमार राईलाई नेपाली भलिबलमा नचिन्ने सायदै कोहि होलान् । छोटो कदका भएपनि भलिबलमा प्रशिक्षण कर्मका कारण चर्चित नाम । सामान्य जीवन शैली र बानी व्यवहारले समर्थकमाझ पनि परिचित छन् राई । प्रशिक्षक राईको योगदान विना नेपाली महिला […]
August 22, 2022
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले सोमबार समूह विभाजन गर्दै महिला र पुरुष दुवैतर्फको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको समूह विभाजनअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस, गण्डकी र […]
August 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिलाहरुको तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबलका लागि गण्डकी प्रदेश भलिबल संघले महिला तथा पुरुष टिमको घोषणा गरेको छ । नव आदर्श विकास समाजको आयोजनामा भदौ १२ देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि अरुणा शाही र हरि पाण्डेको कप्तानीमा महिला र पुरुष टोलीको घोषणा गरिएको गण्डकी प्रदेश भलिबल […]
August 21, 2022
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज लामाचौरले हरितालिका तीजको अवसरमा आयोजना गर्ने लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ । महिला र पुुरुषमा समान ५–५ गरी १० टोलीले २४औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगतको भलिबल प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ । यसपटकदेखि पुरुष भलिबल प्रतियोगिता […]
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पोखरा क्लबले माल्दिभ्समा तिजको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा फुलबारी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा पोखराले फुलबारीलाई २५–२१, २५–२३ र २५–२१ ले पराजित गरेको हो । प्रतियोगितामा ४ टोली पोखरासँगै फुलबारी, पर्वत […]
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको केन्द्रिय समिति ४१ सदस्यीय बन्ने भएको छ । भलिबल संघको निर्वाचन भदौ २२ गतेका लागि तय भइसकेको छ । निर्वाचन समेत रहेको साधारण सभामा संघले ४१ सदस्यीय केन्द्रिय समितिको विधान संसोधनका लागि प्रस्ताव लाने भएको छ । काठमाडौं मंगलबार बसेको संघको नवौ पूर्ण बैठकले २ पदाधिकारी उपाध्यक्ष थप्ने […]
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गुरुङ मगर (जिएम समाज) नवलपुरले स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइननलमा जिएम समाजले जेनेक्स भलिबल टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । घनश्याम चौधरी र हिमाल सुनारी रहेको […]
August 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट भलिबल संघ, जिएम समाज नवलपुर, बुढानिलकण्ठ भलिबल क्लब कपन र जेनेक्स भलिबल टिम स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा बुधबार भएको क्वाटरफाइनलमा जिएम समाजले प्रदेश नम्वर १ लाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा […]
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले बिहीबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साउन १९ देखि २१ ग्तेसम्म हुने प्रतियोगिताको आयोजकले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा […]
August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् । यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने […]