default_image

भलिबल

October 16, 2022

पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् । समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै […]

October 16, 2022

महिला भलिबलमा बागमती समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ । दुई हार बेहोरेको मधेश बाहिरिएको छ । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल […]

October 16, 2022

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको हो । हारका बावजुत आर्मी पनि समूह उपविजेता बन्दै अघिल्लो चरणमा […]

October 15, 2022

महिला भलिबल – आर्मी र प्रदेश १ को जित

बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]

October 15, 2022

पुलिस समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा पुलिसले […]

October 14, 2022

खुट्टा भाँचिएपछि गण्डकीका प्रेमले नवौं गुमाउने

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोेेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा उनको देव्रे खुट्टामा चोट लागेको थियो । उनी कोर्टमा लड्दा आफ्नै टोलीका खेलाडी उनीमाथि लडेका थिए […]

October 14, 2022

महिला भलिबलमा पुलिस समूह ‘सी’को विजेता

अर्जुन कार्की, म्याग्दी नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल प्रतियोगिताको समूह ‘सी’को बनेको छ । खेल अघि नै अन्तिम आठ पुगिसकेका समूह ‘सी’मा दुई टोलीबीचको प्रतिस्पर्धामा पुलिसले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । शुक्रबार म्याग्दीस्थित बेनी बजारको खुल्लामञ्चको कोर्टमा भएको खेलमा पुलिसले लुम्बिनीलाई २५–१०, २५–११ […]

October 14, 2022

पुरुष भलिबल गण्डकी समूह ‘डी’को विजेता

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल समूह विजेता बनेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो खेलमा बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए । गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो […]

October 14, 2022

प्रतिभा र सलिनासम्मिलित बागमतीको सहज जित

अर्जुन कार्की, म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबल प्रतियोगितामा बागमती प्रदेशले पहिलो खेलमा सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार म्याग्दी स्थित बेनी बजारको खुल्लामञ्च खेल मैदानमा भएको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडी प्रतिभा माली र सलिना श्रेष्ठसम्मलित बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो […]

October 14, 2022

पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल विजयी शुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुलिसले कर्णालीमाथि २५–१६, २५–११ र २५–१२ को सोझो सेटमा जित निकालेको हो । यस जितसँगै […]

Success

Thank you for your time.