September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तमु युवा समाज सिद्धलेक –२ खिर्रे धादिङको आयोजनामा यसै महिना पुरुष भलिबल प्रतियोगिता तथा विविधि सांस्कृतिका कार्यक्रमसँगै मैत्रीपूणै महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सिद्धलेकस्थित भलिबल कोर्टमा हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङले जानकारी गराए । प्रतियोगितामा सहभागिताका २० असोजसम्म समय […]
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल भलिबल संघको नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई बधाई ज्ञापन गरेको छ । नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई पत्र लेख्दै एभीसीले बधाई तथा शुभकामान प्रदान गरेको हो । संघका अध्यक्ष चन्दले सबै प्रक्रिया पुरा गरेको पत्र पठाएपछि एभिसीले बधाई ज्ञापन गरेको जनाएको छ । नयाँ कार्यसमितिले […]
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनादेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद बिकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डेको तथा महिलामा राष्ट्रिय टोलीको समेत कप्तान रहेकी अरुणा शाहीको कप्तानीमा समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुषतर्फ कप्तान […]
September 8, 2022
सुबास हुमागाईं, काठमाडौं नेपाल भलिबल संघको निर्वाचनमा जितेन्द्रबहादुर चन्द नेतृत्वको समूह निर्वाचित भएको छ । बुधबार सुरु भएको संघको नवौं चुनावी साधारण सभाको विहीबार विहान सम्पन्न निर्वाचनमा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । पछिल्लो कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरे । उनले कुल १ सय […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको बुधबार जारी नवौं चुनावी साधारण सभामा १ सय ३१ मतदातामध्ये ३ जनाबाहेक सबैले मतदान गरेका छन् । १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि सुरु भएको मतदानमा १ सय २८ जनाले मतदान गरेका छन् । मत गणना केहि समयमा सुरु हुने बताइएको छ । संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, निर्वतमान […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभामा मतदान प्रक्रिया सुरु नहुँदै ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच निर्वाचन हुने भएको छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा […]
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ । अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जीतेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । संघकी उपाध्यक्ष निरोज मास्केले गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन् । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा हुने […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासचिवमा उम्मेदवारी घोषणा गर्ने उनी दोस्रो हुन् । यसअघि संघका सचिव मनीवर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । वर्तमान महासचिव जीतेन्द्रबहादुर चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले […]