November 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । […]
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् । चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष […]
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ २७-२५ ले विजयी भयो । तेस्रो सेटमा २६-२४ को रोमान्चक जित निकाल्दै […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ […]
October 19, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको स्वर्ण जित्दा बागमती प्रदेशले कास्य जितेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाज्माई ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई […]
October 18, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फको एकै खेलमा तीन खेलाडी घाइते भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको क्वाटरफाइनल दौरान एपिएफका दुई तथा लुम्बिनीका एक खेलाडी घाइते भएका हुन् । दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका मिडल ब्लकर रुपेन्द्र गैह्रे घाइते हुन […]