default_image

भलिबल

January 4, 2023

अन्तर्राष्ट्रिय भलिबल रेफ्री गुरुङ सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी इन्टरनेसनल भलिबल रेफ्री विकास गुरुङ सम्मानित भएका छन् । तमु ह्युल छोजधीँ राष्ट्रिय परिषद काठमाडौंले उनलाई तमु ल्होसार २०७९ को अवसरमा सम्मानित गरेको हो । उनलाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सम्मानपत्र प्रदान गरे । गुरुङ समुदायबाट एकमात्र अन्तर्राष्ट्रिय भलिबल रेफ्री रहेका उनलाई खेलकुदको क्षेत्रबाट सम्मानित गरिएको हो । […]

January 3, 2023

सैलुङलाई फोर ए साइड (पार्क) भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापले प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा मंगलबार भएको फाइनलमा मामा भान्जा स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिलो सेट २५–२३ ले जितेको सैलुङले दोस्रो सेट १८–२५ ले […]

January 2, 2023

पदक विजेता बिच भलिबल टोलीलाई सदस्यसचिव घिसिङको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाई दिएका छन् । सदस्य–सचिव घिसिङले ६ सदस्यीय टोली र संघका पदाधिकारीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स […]

January 2, 2023

मामा–भान्जा, ब्रदर्श, कन्चन र सैलुङ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मामा–भान्जा, ब्रदर्श, कन्च र सैलुङ बाघढुंगा राजधानीमा जारी प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा किङ्स क्लब काठमाडौंलाई २९–२७ र २५–१६ ले पराजित गरी सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप अन्तिम चारमा पुग्न सफल भएको हो […]

January 2, 2023

पोखराको टाइगर कप भलिबलमा विदेशी क्लबले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप यसपटक विदेशी क्लबको सहभागिता रहने भएको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा माघ ८ देखि १४ गते सम्म हुने प्रतियोगिता महिला र पुरुषतर्फ समान ५ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो […]

January 2, 2023

अरुणाको कप्तानीमा गण्डकीको भलिबल टोली घोषणा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि काठमाडौंमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि महिलातर्फको टोली घोषणा गरेको छ । गण्डकीले नेपाल महिला राष्ट्रिय भलिबल टोलीका कप्तानसमेत रहेका अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीलाई समेट्दै १२ सदस्यीय टोली घोषण गरेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष […]

January 1, 2023

ढोरपाटन, किङ्स र ब्रदर्श क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र ब्रदर्श स्पोर्ट्स क्लब प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा न्युटन ‘सी’ लाई २५–२१ र २५–१९ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । यस्तै अर्काे […]

January 1, 2023

गण्डकीको भलिबल टोली घोषणा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि राजधानीमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । हरि कुमार श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय छनोट समितिले आइतबार गण्डकीको पुरुषतर्फको १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिमा प्रदेश खेलकुद परिषद गण्डकीमा […]

December 31, 2022

‘पदक देशबासीलाई समपर्ण गछौं’-कप्तान मानबहादुर

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन बीच भबिल प्रतियोगितामा रजत पदक जितेर फर्केको पुरुष जोडीका कप्तान मानबहादुर श्रेष्ठले देशवासीलाई समपर्ण गरेका छन् । फाइनल खेलेको भोली पल्ट शनिबार स्वदेश फर्केपछि मानले भने, ‘तयारी एकदमै छोटो थियो । यो छोटो अवधिमा पनि संघले बीच भलिबलको पुर्वाधार तयार गरेर प्रशिक्षण गराएको छ । तर, त्यहाँ (कक्स) […]

December 31, 2022

ढोरपाटन, किङ्स क्लब बुढानिलकण्ठ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र बुढानिलकण्ठ भलिबल क्लब समुह विजेता बन्दै प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार जेनेक्स भलिबल क्लबलाई २५–१८ र २५–१३ को सोझो सेटमा पराजित गर्दै ढोरपाटन ‘ए’ समूह ‘ए’ को विजेता […]

Success

Thank you for your time.