July 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि स्पाइकर प्रतिभा मालीले राष्ट्रिय महिला भलिबल टोलीमा पूनरागमन गरेकी छिन् । उनीसँगै काभा महिला च्यालेन्ज कपमा टोलीमा नरहेकी जानकी भण्डारी पनि राष्ट्रिय टोलीमा फर्किएकी छिन् । काभा च्यालेन्ज कपमा टोलीमा रहेका ४ खेलाडी भने एसियाड टोलीमा परेनन् । जसमा शान्तिकला तामाङ, […]
July 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका हरि हजुर थापाले १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका छन् । चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् । हरि हजुरले फेसबुकमा लेखेका छन्, ‘चीनमा हुने एसियन गेमको […]
July 20, 2023
हिमाल खरेल, बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् । कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री […]
July 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । गत सोमबार सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको खेलकोक्रममा गण्डकी प्रदेशविरुद्ध खेल्नेक्रममा दर्शकलाई हातपात गरेको कारण ६ महिना राष्ट्रिय र […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान भलिबल टोलीका कप्तान तथा हेल्प नेपालका प्रमुख स्पाइकर ऐमल खान सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । टिप टप हेल्प नेपाललाई अपराजित रहँदै च्याम्पियन बनाउन ऐमलले सानदार प्रदर्शन गरेका थिए । फाइनलमा उनको उत्कृष्ट प्रदर्शनको सहयोमा टिपटप हेल्प नेपालले पुलिस क्लबलाई ३–१ […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल पुलिस क्लबलाई अपराजित रहँदै च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी पुनम सर्वोत्कृष्ट खेलाडी चुनिएकी हुन् । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । उदीयमान खेलाडीले १० र अन्य सबै […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको उपाधि जितेको छ । शनिबार फाइनलमा हेल्प नेपालले ३-१ को सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । योसँगै हेल्प नेपालले ६ लाख र पुलिसले ३ लाख प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिब क्लब लिगको महिलातर्फ फाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको छ । फाइनलमा पुलिसले एपिएफलाई ३-१ को सेटमा हराउँदै ६ लाख पुरस्कार पक्का गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि […]