December 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी […]
December 29, 2023
पोखरा (हाम्रो खेलकुद) – अर्को महिना पोखरामा आयोजना हुने चौथो संस्करणको टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा भारत र श्रीलंकाको क्लबको पनि सहभागिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने माघ १ गते देखि ६ गते सम्म हुने टाइगर कप महिला र पुरुषमा गरि १२ टोलीको सहभागिता रहने […]
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका ओपन स्पाइकर विशाल बहादुर विक प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक द गोर्खा स्पोर्ट्सलाई च्याम्पियन बनाउन विशालले सानदार प्रदर्शन गरेका थिए । एक दिने प्रतियोगिताको चार खेलमा विशालले अल राउन्डर प्रदर्शन गरेका थिए । उनी नै प्रतियोगिताको […]
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको […]
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका अध्यक्ष दिपेन राईले भाेलि आइतबार हुने पहिलो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेकाे छ । […]
December 22, 2023
काठमाडौं ( हाम्रो खेलकुद)- राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ सेनाको हवल्दारमा बढुवा भएका छन्। मानबहादुर नायकबाट शुक्रबार हवल्दारमा बढुवा भएका हुन् । २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए। त्रिभुवन आर्मी क्लबको भलिबल टोलीका सदस्य समेत रहेका उनले सेनामा २०७४ मा स्वीकृती पदक र […]
December 21, 2023
हिमाल खरेल, बिर्तामोड झापाको दमकले ताप्लेजुङको दोभानमा सम्पन्न अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा हराउँदै दमकको पाथिभरा टाइगर भलिबल क्लब च्याम्पियन बनेको हो । दोभान बजारमा आज बिहीबार भएको फाइनल खेलमा दमकले ताप्लेजुङलाई २५–१४, २५–१९ र २५–१९ को सेटमा पराजित गर्यो । उपाधिसँगै झापाले ३ […]
December 19, 2023
हिमाल खरेल, बिर्तामोडकोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गर्ने मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता यो वर्ष पहाडी जिल्ला संखुवासभामा हुने भएको छ । सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिता फागुन १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । कोशी प्रदेश भलिबल संघ र संखुवासभा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुने […]
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्। बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा पुस दोस्रो सातादेखि आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोलीको सहभागिता रहने भएकाे छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहने जानकारी गराएको छ । आयोजकले आइतबार नै टाइसिट […]