January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपलाई होङवाङ्जीले मुख्य प्रायोजन गरेको छ। होङवाङ्जी मुख्य र रेडबुल सह प्रायोजकका रुपमा प्रतियोगितामा आबद्ध भएको शनिबार पत्रकार सम्मेलनमार्फत आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए। होङवाङ्जीका कन्ट्री डाइरेक्टर सोनम भुटिया र ढोरपाटनका अध्यक्ष छन्त्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। ३ वर्षका लागि होङवाङ्जीले मुख्य प्रायोजन गर्ने […]
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकरद्धय रविन चन्द र युवा स्टार पहल गहतराज ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी घोषित भएका छन् । रविन सर्वाेत्कृष्ट तथा पहल उदियमान खेलाडी घोषित भएका हुन् । पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए । […]
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो […]
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – विभागी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो […]
January 10, 2024
सुर्खेत (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ३-० ले हराँउदै पुलिस उपाधिको नजिक पुगेको हो । पुलिसले बिहीबार हुने फाइनलमा साविक विजेता एपिएफ को सामना गर्नेछ। विभागिय डर्बीमा पुलिसले आर्मीमाथि २५-२१, २५-२३ […]
January 10, 2024
सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो । एपिएफले गण्डकीलाई २५-२३,२५-२० र २५-१५ ले पराजित गरेको थियो। पहिलो सेटमा एक समय १०-९ को […]
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- गण्डकी प्रदेश सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार लिग चरणको अन्तिम खेलमा घरेलु टोली कर्णाली प्रदेशलाई ३-० ले हराउँदै गण्डकी समूह ‘बी’ को उप विजेता बनेको छ । लिग चरणमा तेस्रो जित दर्ता गर्ने क्रममा गण्डकीले कर्णालीलाई २५-२१,२५-२१ र २५-२१ ले हराएको […]
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ। वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’ को उप विजेता बनेको छ । लिग चरणको तेस्रो खेल जित्ने क्रममा पुलिसले कोशीलाई […]
January 9, 2024
सुर्खेत (हाम्रो खेलकुद)- साविक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामामा आ आफ्नो समूहको विजेता बनेका छन् । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा मंगलबार समूह ‘ए’ मा एपिएफले बागमती प्रदेशलाई र समूह ‘बी’ आर्मीले मधेशलाई समान ३-० ले हराउँदै आफ्नो समूहका विजेता हुन् । प्रतियोगिताका अपराजित यी दुई टोली सोमबार […]
January 8, 2024
प्रकाश तिमल्सिना, सुर्खेत खेलाडीलाई खेलमा लागिरहन उर्जा दिने महत्त्वपूर्ण पक्ष समर्थक पनि हुन् । घरेलु खेलकुदमा क्रिकेटर र फुटबलरको फ्यान फलोइङ राम्रै देखिन्छ । त्यो सँगै भलिबल खेलाडीलाई पछ्याउने अर्को ठूलो जमात पनि छ । पछिल्ला केहि प्रतियोगितामा राष्ट्रिय भलिबल टोलीका कप्तान एवं त्रिभुवन आर्मी क्लब सदस्य मानबहादुर श्रेष्ठको प्रति समर्थकको लगाव बढ्दो छ । […]