default_image

भलिबल

February 25, 2024

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […]

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 19, 2024

ओलम्पिक एसियाली छनोट- तेक्वान्दोका ७ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि हुने एसियाली छनोटका लागि नेपाली खेलाडी छानिएका छन् ।नेपाल तेक्वान्दो संघले चीनको ताईयाङ शहरमा आयोजना हुने एसियाली छनोटमा सहभागी हुने खेलाडीका‌ लागि सोमबार छनोट आयोजना गरेको थियो । तेक्वान्दो ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग,  महिला ६७ केजीमुनि पुलिसकै इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि त्रिभुवन आर्मी […]

February 17, 2024

सन्तोषको स्मृतिमा जिल्लास्तरीय भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश तथा स्याङ्जा जिल्लाका महत्वपूर्ण भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा मगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । दोस्रो चापाकोट महोत्सव अन्तरगत फागुन ८ देखि १३ गतेसम्म स्व. सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको राजन दर्लामी मगरले जानकारी […]

February 15, 2024

मानबहादुर मणिमुकुन्द भलिबलका सर्वोत्कृष्ट खेलाडी

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ रुपन्देहीको तिलोत्तमामा भएको नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आर्मीलाई उपाधि दिलाउन बिहीबार महत्वपूर्ण योगदान गरेको मानबहादुर राष्ट्रिय भलिबल टोलीका कप्तान हुन् । पुषमा बागलुङमा भएको बुकी कपमा सर्वोत्कृष्ट खेलाडी चुनिएपछि मानबहादुर पहिलो पटक सर्वोत्कृष्ट घोषित भएका हुन्। उनले ट्रफीसहित १० […]

February 15, 2024

आर्मीलाई मुणिमुकुन्द कप भलिबल उपाधि

सुमन अधिकारी, बुटवल त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । एकपक्षिय फाइनलमा आर्मीले गण्डकी २५–२१, २५–१८ र २५–२१ ले हराउँदै उपाधि जितेको थियो । दुई महिनाअघि बाग्लुङमा बुकी कप जितेयता आर्मीको यो […]

February 15, 2024

जापानमा एनवाइएससी कप पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युथ स्पोर्टस क्लब (एनवाइएससी) जापानको आयोजनामा प्रथम एनवाइएससी कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । क्लबका अध्यक्ष बसन्त थापाले एक दिने प्रतियोगिता मार्च १ तारिखमा टोकियोस्थित सिन्जुकुमा रहेको सिन्जुकु कस्मिक स्पोर्ट्स सेन्टरमा हुने जानकारी गराए । उनका अनुसार प्रतियोगितामा नेपाली समुदायका कम्तीमा १२ टोलीका सहभागिता रहनेछ । प्रतियोगितामा […]

February 15, 2024

मणिमुकुन्द भलिबलमा एपिएफ तेस्रो

बुटवल (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब नवौं मणिमुकुन्द कप राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ। रुपन्देहीको तिलोत्तमामा जारी प्रतियोगितामा बिहीबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । एपिएफले २५-२०,२५-२० र २५-१७ को सहज जित निकालेको थियो। आजै गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच […]

February 14, 2024

गण्डकी रआर्मी मणिमुकुन्द भलिबलको फाइनलमा

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले नवौं मणिमुकुन्द कप राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । रुपन्देहीको तिलोत्तमामा जारी प्रतियोगिताको सेमिफाइनलमा बुधबार गण्डकीले नेपाल पुलिस क्बललाई ३–२ ले हराएको थियो । अर्को सेमिफाइलनमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफ क्बललाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीसँगको भेट पक्का […]

February 13, 2024

मणिमुकुन्द भलिबल- ३ विभागसहित गण्डकी सेमिफाइनलमा

सुमन अधिकारी,बुटवल तीन विभागिय टोली र गण्डकी प्रदेश रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल पुलिस क्लब सोमबार नै अन्तिम चारमा पुगिसकेको थियो भने त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी मंगलबारको खेल जित्दै सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट पुलिस विजेता र आर्मी […]

Success

Thank you for your time.