default_image

भलिबल

April 21, 2025

सिड्नीमा अर्काे साता तोरनल्ह रनिङ कप भलिबल

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]

April 21, 2025

न्यु साउथ वेल्सलाई भलिबल उपाधि

पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]

April 20, 2025

गल्कोट कप भलिबलमा ढोरपाटन च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]

April 16, 2025

भलिबल मुख्य प्रशिक्षक भट्ट उप–निर्देशक पनि

काठमाडौं (हाम्रो खेलकुद)- भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरे । उप–निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई धन्यवाद दिदै […]

April 13, 2025

केएनपी महिला भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]

April 12, 2025

बनेपामा ललितपुर महानगरपालिकालाई‌ महिला भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा भएको दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा प्रोफेसनल कन्सल्टेन्सीलाई‌ ३-० को सेटमा हराउँदै ललितपुर च्याम्पियन बनेको हो।बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा ललितपुर २५-२०,२५-१८,२५-२३ ले विजयी भएको थियो। टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब तेस्रो भएको छ। बुढानिलकण्ठ भलिबल […]

April 11, 2025

रविन र निरुता बने एनभीए अवार्डमा उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)-  नेपाल पुलिस क्लबका रविन चन्द‌ र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ को उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । दुवैले अवार्डसँगै समान ५० हजार रुपैयाँ प्राप्त गरे। नेपाल भलिबल संघले शुक्रवार आयोजित गरेको पाँचौं एनभिए अवार्डमा उनीहरु अवार्ड प्रदान गरिएको हो । उदीयमान पुरुष खेलाडीको अवार्ड पुलिस क्लबका पहल गहतराज […]

April 9, 2025

ललितपुर महानगरपालिका महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 8, 2025

बनेपामा टिप टप न्यु डायमण्डको जित

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता दोस्रो दिन मंगलवार टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लब विजयी भएको छ। बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा भएको मंगलवारको खेलमा समूह खमा न्यु डायमण्डले धुलिखेल नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो । न्यु डायमण्ड समूह विजेता र धुलिखेल उपविजेताका […]

Success

Thank you for your time.