April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा नेपाल पुलिस क्लबकी पुनम चन्द शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित हुने भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनका दौरान उनलाई स्पेशल अवार्डबाट सम्मानित गरिने प्रतिष्ठानले जानकारी दिएको छ । उनले सम्मानसहित ५० हजार रुपैयाँ प्राप्त […]
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज सुरु हुँदैछ । ४ टोलीको मात्र सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा हुनेछ । पहिलो खेल साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको खेल बिहान ११ः०० बजे सुरु हुनेछ । त्यसपछि उद्घाटन […]
April 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]
April 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्ना खेलाडीलाई लान्छाना लगाएको र त्यसले उनीहरुको मनस्थितिमा असर परेको भन्दै चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले कारवाहीको माग गरेको छ । १४ औं केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशमा सहभागी आफ्ना खेलाडीमाथि शर्माले लान्छाना लगाएको आरोप क्लबले न्यु डायमण्डले लगाएको छ । बागमतीबाट […]
April 18, 2024
दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]
April 18, 2024
अर्जुन कार्की, बागलुङ त्रिभुवन आर्मी क्लबले चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बागलुङ घुम्टे रेष्टुरेण्टलाई बिहीबार भएको फाइनलमा ३–० को सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । ४ भारतीय खेलाडी सहित कोर्टमा उत्रेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।आर्मीले खेल २५–१८,२५–१२,२५–२२ ले जितेको थियो […]
April 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २०७० सालदेखि आयोजना भएको प्रतियोगिताको यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ। प्रतियोगितालाई केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री हेड मनोजकुमार […]
April 13, 2024
गोरखा (हाम्रो खेलकुद)– बारपाक सुलिकोट गाउँपालिकाले महिला र सहिद लखन गाउँपालिकाले पुरुषतर्फ प्रथम गोरखा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । महिलामा बारपाकले सहिदलखनलाई र पुरुषमा सहिद लखनले भिमसेन थापा गाउँपालिकालाई समान ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । शुक्रबार भएको फाइनलमा बारपाकले सहिद लखनलाई २५–१०,२५–१०,२५–१७ ले हराएको हो । पुरुषको […]