default_image

भलिबल

July 19, 2024

मैत्रीपूर्ण भलिबलका लागि रसिया नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको १६ सदस्यीय टोली नेपाल आइपुगेको छ । रसियाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्यो । नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ । […]

July 19, 2024

काभा यू-२० को पहिलो खेलमा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – काभा यू२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलंकासँग ३-१ को पराजय बेहोर्यो । पहिलो सेट श्रीलंकाले २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २६-२४ ले जित्दै पुनरागमन गर्यो । तेस्रो सेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल २५-११ […]

July 18, 2024

काभा नेसन्स लिग : हाम्रो खेलकुद र कान्तिपुर टिभीबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि सुरु हुने काभा महिला नेसन्स लिगका लागि हाम्रो खेलकुद र कान्तिपुर टेलिभिजनले सहकार्य सम्झौता गर्ने भएका छन् । सम्झौता अनुसार कान्तिपुर टेलिभिजनले कान्तिपुर म्याक्स टेलिभिजन र आफ्नो एपमार्फत तथा हाम्रो खेलकुदले आफ्नो डिजिटल प्लाटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाई र […]

July 18, 2024

काभा यु–२० महिला भलिबल: नेपालले आज श्रीलंंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ । उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई […]

July 17, 2024

सुमित्रा र आरती पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा स्थान बनाउन सफल भएका छन् । नेपालमा यसै महिना आयोजना हुने काभा महिला नेसन्स लिगको लागि छनोट भएको टोलीमा सुमित्रा र आरतीले पहिलो पटक स्थान बनाउन सफल भएका हुन् । सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट […]

July 16, 2024

महिला युवा भलिबल टोलीका खेलाडीले मासिक भत्ता पाउने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले महिला यु २० राष्ट्रिय टोलीका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । काभा यु २० महिला च्याम्पियनसिपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले युवा टोलीका खेलाडीलाई एक वर्षका लागि जनही मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । अमेरिकामा बस्न […]

July 15, 2024

काभा नेसनल भलिबल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिने काभा महिला भलिबल नेसनल लिगको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। साउन १७ देखि २३ गतेसम्म नेपालमा हुने नेसनल लिगको प्रत्यक्ष प्रसारणका लागि सोमबार नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच सम्झौता भएको छ। संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक‌ प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा […]

July 15, 2024

काभा यु २० महिला भलिबल – नेपाली टोली भोलि माल्दिभ्स जाने

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा‌ यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ। च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० […]

July 11, 2024

मानबहादुर फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्वासडरमा नियुक्त भएको छ । फेवा एजुकेशन एण्ड माइग्रेसनले कप्तान तथा स्पाइकर मानबहादुर श्रेष्ठलाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक योगेश श्रेष्ठ र मान बहादुरले सम्झौता पत्रमा […]

July 9, 2024

जेनिशाले यु-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् । पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ । नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु […]

Success

Thank you for your time.