default_image

भलिबल

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 22, 2024

काभा यु २० भलिबल सेमिफाइनल – नेपालको किर्गिजस्तान सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि आज किर्गिजस्तानको सामना गर्दैछ। खेल‌ नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल किर्गिजस्तानको भेट पक्का भएको हो […]

July 22, 2024

नेपाल‌ र रसियाबीच दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र रसियन टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल दिउँसो ४:१५ बजे मा सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।आइतबार भएको‌ पहिलो खेलमा नेपाली टोली रसियासँग २५-१७,२५-१९ र २५-१५ ले पराजित भएको थियो । सुरुवाती […]

July 21, 2024

नेपाल रसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा‌ पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको‌ खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी‌ भएको हो । सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल […]

July 21, 2024

सुमित्रा र आरतीले राष्ट्रिय टोलीबाट खेले

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट पहिलो पटक खेलेका छन् । रसियासँगको आइतबार पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले पहिलो पटक खेलेका हुन्। साउन १७ गते देखि सुरु हुने काभा नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजन गरिएको हो। सुमित्राले दुई वर्षअघि मात्र न्यु […]

July 21, 2024

नेपाल र रसियाबीचको‌ मैत्रीपूर्ण भलिबल आज

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। पहिलो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ।नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।दोस्रो खेल सोमबार हुनेछ। साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने […]

July 21, 2024

काभा यु २० भलिबल सेमिफाइनल – नेपालले किर्गिजस्तानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि किर्गिजस्तानको सामना गर्ने भएको छ। लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो । पहिलो सेमिफाइनलमा शीर्ष स्थानको‌ श्रीलंका र […]

July 20, 2024

‘काभाअघि रसियन टोलीसँग खेल्दा तयारी राम्रो हुनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी‌ कप्तान अरुणा शाहीले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले काभा नेसन्स लिगका लागि राम्रो तयारी हुनसक्ने बताएकी छिन्। रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरुणाले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै‌ सिक्ने मौका‌ मिल्छ। लाभा अघिको‌ मैत्रीपूर्ण खेल हाम्रो लागि […]

July 20, 2024

काभा यु २० महिला भलिबल – नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले पहिलो जित हासिल गरेको छ। अघिल्ला दुई‌ खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो। लिग चरणमा‌ नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा‌ रहने […]

July 20, 2024

काभा यु२० महिला भलिबल – नेपालको दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले लगातार दोस्रोमा हार बेहोरेको छ । मालेमा प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। सुरुवाती दुई सेटमा कडा टक्कर दिएको नेपालले तेस्रो सेटमा केही कमजोर प्रर्दशन गरेको थियो । खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको […]

Success

Thank you for your time.