default_image

भलिबल

December 20, 2016

प्रेमको टोलीलाई खुला भलिबल रनिङ कप

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य प्रेम भण्डारीको कप्तानीमा रहेको नेपाल भलिबल क्लब युएईको बी टोलीले खुला भलिबल रनिङ कपको उपाधि जितेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को आबुधाबीको बलिदिया खेल मैदानमा शुक्रबार भएको फाइनलमा प्रेमको टोलीले अर्का नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य इश्वर घमालको नेतृत्वमा रहेको सोही क्लबको ए टोलीलाई हराएको […]

default_image

December 19, 2016

नेपाली पुरुष भलिबल टोली बंगलादेश जाँदै

काठमाडौं (हाम्रो खलकुद)– एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ । बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा […]

December 17, 2016

मैत्रीपूर्ण भबिलमा एपिएफले न्यू डाइमन्डलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ । नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित […]

December 12, 2016

भलिबल टोलीलाई शिबशक्ती गार्मेन्ट्सको ट्रयाकसुट

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहेको नेपाली भलिबल टोलीलाई शिवशक्ती गार्मेन्टस् महेन्द्रनगरले ट्रयाकसुट प्रदान गरेको छ । प्रतियोगिता बंगलादेशमा डिसेम्वर २१ देखि २८ सम्म सञ्चालन हुनेछ । लगनखेल स्थित नेपाली सेनाको खेलकुद प्रतिष्ठानको कभर्डहलमा शिवशक्ती गार्मेन्टस्का कार्यकारी प्रमुख हरकसिंह धामीले खेलाडीतर्फ अफिसियललाई ट्रयाकसुट बितरण गरे । […]

December 3, 2016

आर्मी र एपिएफ बीच भलिबल च्याम्पियनसिन

कमला र दिल उत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ […]

December 2, 2016

भलिबलकी प्रतिभालाई न्यू डाइमन्डको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोलीकी खेलाडी प्रतिभा माली शुक्रबार आफै स्कुलमा सम्मानित भएकी छिन् । नैकापस्थीत न्यू डायमण्ड एकेडेमीले १० कक्षामा अध्ययनरत आफ्नै क्लबकी खेलाडी प्रतिभालाई नगद सहित सम्मानपत्र प्रदान गरेको छ । हालै सम्पन्न माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रतिभालाई सम्मा गरेको हो । माल्दिभ्सको मिस्कीमागु इमेन क्लबबाट खेलेकी प्रतिभाले […]

December 2, 2016

पुरुषमा आर्मीका दुवै टोली फाइनलमा, महिलातर्फ पुलिस र एपिएफ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]

December 1, 2016

दोलालघाटमा जारी बीच भलिबलमा पनि विभागीय जोडी हावी

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको दोलालघाटमा जारी पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तीन विभागिय टोली (एपिएफ, पुलिस र आर्मी) का समान २ टोली तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ,पुलिस र पुर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चल महिलातर्फको अन्तिम आठमा पुगेका छन् । पुलिस एका कोपिला उप्रेती र […]

November 30, 2016

राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप सुरु, जितेन्द्र र श्रीरामको जोडीको विजयी

दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका […]

November 27, 2016

भलिबलकी मुख्य प्रशिक्षक श्रेष्ठलाई संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– हालै भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भएकी सलिना श्रेष्ठलाई नेपाल भलिबल संघले आइतबार बधाई दिएको छ । नेपाल विद्यालय भलिबल कमिसन गठन घोषणाको अवसरमा संघले श्रेष्ठलाई बधाई दिएको हो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा,उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीले वधाई दिएका थिए ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघिका मुख्य प्रशिक्षक सुदेश रिमाललाई […]

Success

Thank you for your time.