December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो । […]
December 27, 2016
दिपेन्द्र पोखरेल (इटहरी)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलका रेफ्री कुटिएका छन् । इटहरीमा पुरुष भलिबलको सेमिफाइनलमा नेपाली सेनाको टोलीसँग पराजित भएपछि पश्चिमाञ्चलका खेलाडी सञ्जुविक्रम शाहले त्यस खेलका रेफ्री विनय राईलाई हात पात गरेका हुन् । खेल सकिएपछि हात मिलाउने क्रममा सञ्जुविक्रमले रेफ्री राईलाई हात हालेका थिए । अहिले रेफ्री कमिटिको बैठक बसिरहेको छ ।
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनबाट भलिबल च्याम्पियनसिपबाट कम्तिमा रजत पदक जितेर फर्कने मौका नेपाली टोलीले गुमाइसकेको छ । चार दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई त्यस्तो अवसर विरलै मात्र पाइन्छ । लिगको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग ३–१ सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । फाइनल पुगेको भए कम्तीमा रजत पदकसहित […]
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ । सोमबार किर्गिस्तानसँग ३–१ ले पराजित भएपछि अब नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । गत बर्ष पहिलो सहभागितामा पनि नेपालले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । तर, टोली पदक विहिन भएर फेर्केको थियो । सोमबार […]
December 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी बंगबन्धु एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्न नेपालका लागि किर्गिस्ताविरुद्ध सोमबार हुने खेलमा महत्वपूर्ण छ । अपराजित रहेको किर्गिस्तान च्याम्पियनको दाबेदार टोली हो । नेपालले तीनमध्ये दुई खेल जित्दै फाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको छ । सँगै आयोजक बंगादेश फाइनलको अर्को शसक्त दाबेदार टोली हो । आज हुने दुई […]
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । दोस्रो खेलमा आयोजक बंगलादेशसँग हारेको नेपालले पहिलो खेलमा माल्दिभ्स र तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो । नेपालले जितेका दुवै खेल त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठका लागि भने विशेष रह्यो । ओपन स्पाइक […]
December 24, 2016
पोखरा (हाम्रो खेलकुद) – दसौं हिसान कास्की स्पोर्टस मिट–२०७३ अन्र्तगत शनिबार गल्र्स बास्केटबलमा लिटिल स्टेप, प्रतिभा, पश्चिमाञ्चल र माउन्ट अन्नपूर्ण क्याम्पस विजयी भएका छन् । ब्वाइज बास्केटबलमा माउन्ट अन्नपुर्ण क्याम्पस, करुणनिधी, डायमण्ड, पोखरा उमावी, प्रतिभा, सवलाइम, मेरी गोल्ड, लिटिल स्टेप, मल्टि मोडल, माउन्ट अन्नपुर्ण उमावी, पश्चिमाञ्चल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट हुँदै दोश्रो चरणमा पुगेको […]
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – नेपालले बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा अर्को सफलता हासिल गरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा शनिबार साँझ नेपालले अफगानिस्तानलाई ३–२ ले हराएको छ । नेपाल २५–२१,१८–२५,२५–१४,१९–२५,१५–१३ ले विजयी भएको थियो । तीन खेलमा नेपालको यो दोस्रो जित हो । यो जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । […]
December 24, 2016
इटहरी (हाम्रो खेलकुद) – पुरुष भलिबल सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार पुरुष भलिबलमा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । ईटहरी रङ्गशालामा भएको खेलमा पुलिसले मध्यमाञ्चल ३–१ ले हराएको थिययो । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो । यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चलाई ३-० को […]
December 24, 2016
काठमाडौं (हाम्रो खलकुद) – बंगलादेशको ढाकामा जारी बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिको सम्भावना कायम राख्न नेपालका लागि शनिबारको खेलको नतिजा महत्वपूर्ण हुनेछ । नेपालले आज बंगलादेशको स्थानिय समय अनुसार दिउँसो ४ बजे अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको नेपाल शुक्रबार आयोजक बंगलादेशसँगको खेल ३–० ले गुमाएको थियो । माल्दिभ्सलाई […]