default_image

भलिबल

prativa

November 11, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको क्लबको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले सम्मिलित मिस्कियामागु इजी माल्दिभ्सको राष्ट्रिय महिला क्लब लिग च्याम्पियनसिपमा पराजित भएको छ । हिजो राती भएको खेलमा खेलमा मास्यिामागु पुलिस क्लबसँग ३–१ ले पराजित भएको हो । अघिल्ला दुई खेल लगातार जितेको मिस्यिामागुमाथि पुलिस क्लबले २५–१५,२५–१७,२०–२५ र २५–१९ को जित हासिल गरेको […]

November 10, 2016

माल्दिभ्समा अरुणा र मञ्जुको टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दाले माल्दिभ्सको महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ । अरुणा क्विन अफ दी म्याच घोषित भएको खेलमा फेयस्दा ३–१ ले विजयी भएको थियो । पहिलो सेट गुमाएर पनि फेयस्दा विजय प्राप्त गर्न सफल भएको […]

November 8, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोलीले माल्दिभ्सको महिला राष्ट्रिय भलिबल लिगमा सुखद सुरुआत गर्न सकेन । शनिबार राती भएको खेलमा मञ्जु र अरुणको टोली फेयस्दा माल्दिभियन आरसीसँग ३–० ले पराजित भएको थियो । माल्दिभियन २५–१५,२५–१६ र २५–१७ ले विजयी भएको थियो । […]

November 7, 2016

माल्दिभ्समा प्रतिभाको उत्कृष्ट प्रदर्शन जारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुई राष्ट्रिय खेलाडी सम्मिलित मिक्सियामागु इजीले माल्दिभ्स महिला क्लब लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । स्पाइकर प्रतिभा माली लगातार दोस्रो खेलमा वमन अफ दी म्याच बनेपछि मिस्यिमागुले पोल स्टार क्लबलाई १२–२५, २५–२३, २५–७, २५–१७ ले हराएको छ । माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा एउटा टोलीले दुई विदेशी खेलाडी […]

November 6, 2016

मञ्जु र अरुणा पनि भलिबल खेल्न माल्दिभ्स पुगे

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् । घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा […]

prativa

November 4, 2016

माल्दिभ्सको भलिबल लिगमा प्रतिभाको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) –  माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्न पुगेकी प्रतिभा माली पहिलो खेलमै आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । नेपाली टोलकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिला सम्मिलित मिस्किनागु इमेन जी ग्लुहुन क्लबले शुक्रबार माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । दुई नेपाली रहेको ग्लुहुनले दुई अमेरिकी खेलाडी रहेको […]

September 21, 2016

भलिबल खेलाडी सञ्जय र मञ्जु सम्मानित

काठमाडौं, असोज ५ गते । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शंक्ति नेपाल पार्टीको संयोजक एवम पुर्व प्रधानमन्त्री डा. बाबुराम भंटराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मान पत्र र जनही २५ हजार नगद प्रदान गरियो । सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप […]

September 19, 2016

समीक्षालाई एक्सिलेन्सी पुरस्कार

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् । न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे सुन्न नसके पनि विगत ४ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष […]

September 19, 2016

न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को […]

September 18, 2016

न्युडायमण्ड र पुलिस उपाधि नजिक

काठमाडौं, (कस) । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीवीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै पुरुषतर्फ हेल्प नेपाल र आर्मी बीच प्रतिस्पर्धा हुनेछ । प्रायः फाईनलमा भेट हुने टिम न्यु डायमण्ड एकेडेमीले विभागीय टोली सशस्त्र प्रहरीको […]

Success

Thank you for your time.