default_image

भलिबल

February 8, 2017

एपिएफ र पुलिसको एउटामा जित अर्कोमा हार

पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब महिला र नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा पुगेका छन् । महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हराएका थिए । पोखरा रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफकी रेश्मा भण्डारी […]

February 7, 2017

न्यु डायमन्ड र आर्मी महिला भलिबलको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – काठमाडौ नैकापको न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चल यहाँ जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हालै एपिएफ महिला भलिबलको उपाधि जितेको न्यु डायमण्डले मंगलबार युपिए भारतलाई २५–६, २५–६ र २५–१०को सोझोमा हराउँदै समूह बी को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । न्यु डायमण्डले अब सेमिफाइनलमा […]

February 6, 2017

दोहोरो जितसंगै एपिएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ को महिला तर्फ सोमबार ग्रुप ए बाट सेमिफाईनलमा प्रवेश गरेको छ । एपिएफको महिला टिमले आफ्नो दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै कुल ६ अंकका साथ सेमिफाईनलमा स्थान […]

February 5, 2017

सृजना भलिबलमा एपिएफ र पुलिसको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ मा दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबले महिला तर्फ विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको दोश्रो दिन आइतबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २५–९, २५–१७ र २५–१८ ले हरायो । लिगको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा पुलिस क्लबले भारतको उत्तर प्रदेश […]

February 4, 2017

सृजना आमन्त्रण भलिबलमा आर्मीको जित

पोखरा (हाम्रो खेलकुद) – पोखरामा प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास संघ, पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा शनिबारको उद्घाटन खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफ क्लबलाई ३—० ले हरायो । गत साता […]

February 3, 2017

पोखरामा सृजना आमन्त्रण भलिबल भोली सुरु हुने

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सफल आयोजना पछि अब पोखरा भलिबल आयोजनाको तयारीमा जुटेको छ । सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास […]

February 2, 2017

न्यु डाइमन्डलाई एपिएफ महिला भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफलाई हराउँदै न्यु डाइमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल रोमाञ्चक फाइनलमा एपिएफलाई ३–२ ले हराउँदै न्यु डाइमन्डले उपाधि जितेको हो । पहिलो सेट गुमाउनका वावजुद न्यु डाइमन्डले १५–२५, २५–२३,२५–१६,१६–२५ र १५–१२ ले नजिता आफ्नो पक्षमा […]

February 1, 2017

आयोजक एपिएफ र न्यु डाइमन्ड महिला भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफ र न्यु डाइमन्ड सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधावार भएको पहिलो सेमिफाईनलमा चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हरायो । वुमन अफ द म्याच बनेकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष […]

January 31, 2017

आयोजक एपिएफ र पुलिस महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस र आयोजक एपिएफ सशस्त्र प्रहरी महानिरिक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । हलचोक स्थित एपिएफको भलिबल कोर्टमा मंगलबार पुलिस दोहोरो सफलता हासिल गर्दै अन्तिम चारणमा पुगेको हो । पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ ले हराएको पुलिसले अर्को खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र […]

January 30, 2017

रियल म्याड्रिडको सहज जित

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको ३८औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै माटियो कोभाचिचले म्याड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले ५१औं मिनेटमा गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए। अल्भारो मोराटाले ८२औं मिनेटमा गोल गरेपछि म्याड्रिडको ३-०को जित सुनिश्चित भएको थियो। […]

Success

Thank you for your time.