default_image

भलिबल

December 2, 2016

पुरुषमा आर्मीका दुवै टोली फाइनलमा, महिलातर्फ पुलिस र एपिएफ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]

December 1, 2016

दोलालघाटमा जारी बीच भलिबलमा पनि विभागीय जोडी हावी

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको दोलालघाटमा जारी पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तीन विभागिय टोली (एपिएफ, पुलिस र आर्मी) का समान २ टोली तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ,पुलिस र पुर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चल महिलातर्फको अन्तिम आठमा पुगेका छन् । पुलिस एका कोपिला उप्रेती र […]

November 30, 2016

राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप सुरु, जितेन्द्र र श्रीरामको जोडीको विजयी

दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका […]

November 27, 2016

भलिबलकी मुख्य प्रशिक्षक श्रेष्ठलाई संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद)– हालै भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भएकी सलिना श्रेष्ठलाई नेपाल भलिबल संघले आइतबार बधाई दिएको छ । नेपाल विद्यालय भलिबल कमिसन गठन घोषणाको अवसरमा संघले श्रेष्ठलाई बधाई दिएको हो । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा,उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीले वधाई दिएका थिए ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघिका मुख्य प्रशिक्षक सुदेश रिमाललाई […]

November 27, 2016

केसीको नेतृत्वमा विद्यालय भलिबल कमिसन गठन

काठमाडौँ (हाम्रो खेलकुद) – भलिबलमा नयाँ प्रतिभाशाली खेलाडी र उमेर समूहका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपाल विद्यालय भलिबल कमिसन गठन भएको छ । नेपाल भलिबल संघले रामबहादुर केसीको अध्यक्षतामा १० सदस्यीय कमिसनको तदर्थ समिति गठन गरेको संघले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अध्यक्ष केसी न्यूटन स्कुलका प्रिन्सिपल हुन् । कमिसनको उपाध्यक्षमा न्यू डायमण्ड […]

November 26, 2016

राष्ट्रिय खेलकुदले ढोरपाटन महिला भलिबल सारियोे, ५ खेलाडीले स्कुटर पाउने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका कारण ढोरपाटन ब्लू स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिप पछि सारिएको छ । राष्ट्रिय खेलकुद पुस ८ देखि १५ सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही दिनअघि सार्वजनिक गरेको थियो । ढोरपाटन ब्लू स्काई भबिल पुस २३ देखि माघ ८ गते सम्म सञ्चालन गरिने […]

November 24, 2016

माल्दिभ्सको अनुभवले राष्ट्रिय टोलीलाई फाइदा पुग्छ – प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक भलिबलका लागि पहिलो विदेश यात्रा नै प्रतिभा मालीका लागि यादगार बनेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा सम्मिलित माल्दिभ्सको मिस्यिागु इजी बिहीबार माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पिनसिपको उपाधि जितेको छ । टोलीको जितमा प्रतिभाको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । टोलीले लिग र च्याम्पियनसिपमा गरि खेलेका ६ खेलमध्ये फाइनलसहित ४ मा […]

November 24, 2016

माल्दिभ्समा प्रतिभा र कोपिला सम्मिलित टोलीले भलिबल च्याम्पियनसिप जित्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो । प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार […]

November 21, 2016

प्रतिभा र कोपिलाको टोली माल्दिभ्स भलिबल च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालि र कोपिला उप्रेतीको टोली मिस्कियागु इजी माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मिस्कियागुले माल्दिभियन स्पोर्ट्स एन्ड रिक्रियसन क्लब ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । लिगमा शीर्ष दुईस्थानमा रहेको टोलीको बीचको प्रतिस्पर्धातमा मिस्कियागु इजी २५–२०,२५–१५ र २५–१७ […]

November 20, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोली फेरी असफल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य मञ्जु गुरुङ र अरुणा शाहीको टोली फेयस्टाको माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा यात्रा टुंगिएको छ । पहिलो चरण पार गरेको फेयस्दा आइतबार पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो । पुलिस २५–७,२५–१४ र २५–१५ ले विजयी भएको थियो । पहिलो चरणमा पुलिस तेस्रो र फेयस्दा चौथो भएको थियो […]

Success

Thank you for your time.