default_image

भलिबल

September 7, 2017

प्रतिभालाई युरोपमा भलिबल प्रशिक्षणको मौका

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले युरोपमा प्रशिक्षण गर्ने अवसर पाएकी छिन् । माल्दिभ्सको क्लबबाट व्यावसायिक भलिबलको अनुभव समेत बटुलिसकेकी प्रतिभालाई नेदरल्यान्ड्समा तीन साताको इन्टर्नसिपका लागि निमन्त्रणा प्राप्त भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्ले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । नेदरल्यान्ड्स भलिबल संघले प्रतिभालाई प्रशिक्षणको लागि मौका दिन लागेको हो […]

mens

September 6, 2017

पल्सर स्पोर्टस अवार्ड २०७३– उत्कृष्ट खेलाडीमा किरणसँग अन्य ४ खेलाडीको प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र […]

September 4, 2017

पदक विजेता खेलाडी, पत्रकार, कर्मचारी एकै थलोमा सम्मानित

ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]

September 3, 2017

पल्सर स्पोर्टस अवार्ड २०७३ मनोनयन – सबैभन्दा बढी फुटबलबाट

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को आज मनोनयन सार्वजनिक हुँदा सबैभन्दा बढी फुटबलबाट मनोनयनमा पर्न सफल भएका छन् । मनोयनमा ८ खेलका २० जना समेटिदा फुटबलका मात्र ५ जना परेका छन् । चारै विधामा फुटबल खेलाडी, प्रशिक्षक पर्न सफल भएका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा […]

September 3, 2017

पल्सर स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक,प्रशिक्षकलाई पहिलो पटक मोटरसाइकल

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]

September 1, 2017

भलिबलका ‘अलराउण्डर’ सँग १२-२७ कुरा

काठमाडौं – नेपालमा खेलेर बाच्न सकिन्न भन्ने अहिले पनि कतिपयको धारणा पाइन्छ । खेलमा लागेर आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियो भनेर गुनासो गर्ने पनि धेरै छन् । तर, आफ्नो खेललाई नै संसार मान्नेको पनि नेपाली खेलकुदमै छन् । ती मध्येका एक हुन् भलिबलका राष्ट्रिय खेलाडी मान बहादुर श्रेष्ठ । नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा […]

Samman

August 30, 2017

भलिबल खेलाडी सम्मानित

काठमाडौं(हाम्रो खेलकुद) -माल्दिभ्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी बुधवार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई पुरस्कृत गरे । खेलाडी, प्रशिक्षक र ब्यावस्थापक […]

Nepal volleyball

August 30, 2017

मैत्रीपूर्ण भलिबलमा नेपालसँग बंगलादेश फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण भलिबल श्रृखंला २–० ले जितेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–२ ले हराउँदै घरले कोर्टमा श्रृखंला जितेको हो । पहिलो खेल मंगलबार नेपालले ३–१ ले जितेको थियो । पहिलो खेलमा जस्तै दोस्रो […]

August 30, 2017

नेपाल र बंगलादेशको मैत्रीपूर्ण भलिबल –‘आज सोझो सेटमा जित्नेछौं’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्ध आज हुने दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल पहिलो भन्दा स्तरीय हुने बताएका छन् । हिजो भएको पहिलो मैत्रीपूर्ण खेल पहिलो सेट गुमाएर पनि नेपालले ३–१ ले जितेको थियो । बंगलादेश दोस्रो एभिसी सेन्ट्रेल जोनको च्याम्पियन र बलियो टोली भएका कारण पहिलो सेटमा खेलाडीहरु […]

August 29, 2017

नेपालले मैत्रीपूर्ण भलिबलमा बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो ।  लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो […]

Success

Thank you for your time.