default_image

भलिबल

March 24, 2017

नयाँ बजारमा राष्ट्रिय पुरुष भलिबल हुने

काठमाडौँ (काठमाडौं) – नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा चौथो नयाँ बजार खुला राष्ट्रिय पुरुष भलिबल झन्डै दुई सातापछि सुरु हुने भएको छ । लिग कम नकआउटका आधारमा हुने चैत २३ देखि २६ गते सम्म प्रतियोगिताका खेल नयाँ बजार टाउन प्लानिङ स्थित सोसिएल कोर्टमा सञ्चालन हुने क्लबका अध्यक्ष भगवान थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

March 24, 2017

सेन्ट्रेल जोन भलिबलमा नेपाललाई सफलता, माल्दिभ्स पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा पहिलो सफलता प्राप्त गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई ३–१ सेटले हराउँदै पदक जित्ने सम्भावनालाई जीवित राखेको छ ।  मालेस्थित भलिबल कोर्टमा नेपालले पहिलो सेट २३–२५ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जितेको थियो । ५ अंकका अग्रताको वावजुद नेपालले पहिलो […]

volleyball-male

March 24, 2017

सेन्ट्रल जोन भलिबलमा नेपालले माल्दिभ्सको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको नेपालले आज आयोजक टोलीको सामना गर्दैछ । नेपाल र माल्दिभ्स दुवैले पहिलो खेल गुमाइसकेकाले शुक्रबारको खेल दुवैका लागि महत्वपूर्ण हुनेछ । नेपाल बिहीबार तुर्केमिनिस्तानसँग र माल्दिभ्स कीर्गिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीले बिहान अभ्यास गरेको टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले जानकारी दिए […]

volleyball-male

March 23, 2017

सेन्ट्रल जोन भलिबलमा नेपाल तुर्केमिनिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारका साथ माल्दिभ्समा जारी तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले बिहीबारको आफ्नो पहिलो खेल तुर्कमेनिस्तानसँग ३–० ले गुमायो । उपाधिको दाबेदार तुर्केमिनिस्तानसँग नेपाल २५–२०, २५–१८ र २५–२२ ले पराजित भएको हो । हारका वावजुद नेपाली टोलीका सहायक प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरे । […]

March 23, 2017

नेपालले सेन्ट्रल जोन भलिबलमा तुर्कमेनिस्तानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तुर्कमेनिस्तानसँग खेल्दै माल्दिभ्समा जारी एबिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको यात्रा प्रारम्भ गर्दैछ । मंगलबार माल्दिभ्स पुगेको नेपाली टोलीले मंगलबार झन्डै २ घन्टा अभ्यास गरेको थियो । इम राना मगरको कप्तानीमा रहेको नेपाली टोलीले शुक्रबार आयोजक माल्दिस र मार्च २७ मा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसपटक चार टोलीको सहभागिता रहेको प्रतियोगिताको मंगलबार […]

March 22, 2017

ओखलढुंगामा अर्को साता पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – ओखलढुंगाको गाम्नाङटारमा अर्को साता खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद पर्यटनको विकासका लागि दी युथ पावर नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैत १५ गते देखि ३ दिन चल्ने प्रतियोगितामा काठमाडौं काठमाडौंलगायत विभिन्न जिल्लाका १३ टोलीको […]

March 19, 2017

नेपाली भलिबल टोली सेन्ट्रल जोन च्याम्पियनसिपका लागि माल्दिभ्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा आयोजना हुने एबिसी सेन्ट्रल जोन भलिब च्याम्पियनसिपमा भाग लिने भएको छ । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । बुधबार सुरु हुने च्याम्पियनसिपमा आयोजक बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले विदाई गरेका थिए । उनले टोलीका कप्तान इम राना मगरलाई राष्ट्रिय झन्डा […]

March 19, 2017

पुनहिललाई अभियान पुरुष भलिबलको उपाधि

पोखरा (हाम्रो खेलकुद) – पुनहिन क्लब घारेपानीले प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुनहिल च्याम्पियन बनेको हो । उपाधिसहित पुनहिलले ५० हजार ५ सय ५५ र पोखराले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो । मालेपाटन खेलमैदानमा शनिबार भएको फाइनलमा पुनहिलले पोखरालाई २५–१९, […]

March 18, 2017

पोखराको मालेपाटनमा जारी अभियान भलिबलको फाइनल आज

पोखरा (हाम्रो खेलकुद) – पोखरा माटेपाटनमा जारी प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । बिहान हुने सेमिफाइनलमा पोखरा बहुमखी क्याम्पस र पोखरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा बाराही मावि र पुनहिल क्लब घोरेपानी बीच हुने बताइएको छ । फाइनल पनि आजै हुनेछ । शुक्रबार पहिलो खेलमा पोखरा क्लबले मालेपाटन […]

March 17, 2017

गोटीखेलमा भलिबलसँगै बुद्धिचाल र दौड हुने

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुरको गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा तीनवटा खेल आयोजना गर्ने भएको छ । चैत २६ गते देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितासँगै बुद्धिचाल र दौड प्रतियोगिता पनि आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले बताए । भलिबलमा १२ देखि १४ टोलीसम्म भए नकआउट र त्यो भन्दा […]

Success

Thank you for your time.