default_image

भलिबल

January 18, 2018

दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएको छ । पर्वतको सदरमुकाम कुश्मामा रहेको रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको अवसर पारेर दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुन २२ देखि २४ गतेसम्म आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष कल्पना चापागाईंले पत्रकार सम्मेलनमार्फत बिहिबार जानकारी गराइन् । त्यसअघि […]

January 17, 2018

ढोरपाटन महिला भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक ढोरपाटन स्पोर्टस क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता माघ ४ गतेबाट १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ […]

default_image

January 12, 2018

शिवम् न्यू डायमण्ड कप माघमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड एकेडेमीको आयोजनामा ‘शिवम् न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता माघ २१ गतेबाट २३ गतेसम्म नयाँ बसपार्कस्थत ढोरपाटन स्पोर्टस क्लबको खेल मैदानमा हुने न्यू डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले जानकारी गराए । न्यू डायमण्डलाई राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा लिइन्छ […]

January 8, 2018

महिला डबल लिग भलिबललाई साँचो हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबलको १३ औं संस्करणको सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई पाँच स्कुटरको साँचो हस्तान्तरण गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्स प्रालिले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेको हो । युएमका डिभिजन […]

January 6, 2018

छन्त्याल कन्ट्रक्सनलाई भलिबल उपाधि

अर्जुन कार्की बागलुङ– छन्त्याल कन्ट्रक्सनले बागलुङमा खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्ये एकका रुपमा रहेको पुरुष भलिबलको फाइनलमा आज पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो । छन्त्याल कन्ट्रक्सनले २५–२१, २७–२५ र २५–२१ को नतिजा निकालेको थियो । पश्चिमाञ्चलले फाइनल अघि […]

January 5, 2018

महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोटलाई

अर्जुन कार्की बागलुङ –बागलुङमा पाँचौं बागलुङ महोत्सवको आकर्षणमध्ये रहेको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोटले जितेको छ ।आज भएको फाइनलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै दर्शनले उपाधि जितेको हो । एकपक्षिय खेलमा दर्शनले खेलकुद महासंघलाई २५–१२, २५–१३ र २५–१८ ले हराएको थियो । दर्शनबाट पूर्व राष्ट्रिय खेलाडी रमिला तन्डुकारसहित राष्ट्रिय […]

January 5, 2018

भलिबललाई नेपाल स्याटेलाइटको दुई वर्षे प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – चौथो महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितालाई नेपाल स्याटेलाइट टेलिकम प्रालिले मुख्य प्रायोजन गरेको छ । नेपाल भलिबल संघ र स्याटेलाइटबीच फागुनमा हुने भलिबल प्रतियोगितालाई वार्षिक २० लाखको दरले दुई वर्षको लागि ४० लाख दिने सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल […]

January 2, 2018

ढोरपाटन भलिबललाई रेडबुलको मुख्य प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ । ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ […]

December 30, 2017

राखेप च्याम्पियनसिप भलिबलमा आर्मी र एपिएफलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)– राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा च्याम्पियनसिपमा विभागिय टोलीले उपाधि जितेका छन् । आज भएको फाइनलमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका हुन् । ३१ औं राष्ट्रिय पुरुष भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । अर्कोतिर २१ औं राष्ट्रिय महिला […]

December 29, 2017

एपिएफले दुवैतर्फको फाइनलमा, भलिबलमा रमिला र परिक्षाको पुनरागमन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को नेपाल पुलिस क्लब माथि रोमाञ्चक जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आज भएको पहिलो सेमिफाईनलमा विभागिय डर्बीमा आर्मीले पुलिसलाई ३–२ को रोमाञ्चक जित हासिल गरेको हो । पहिलो सेट २५–२३ ले जितेको आर्मीले दोस्रो सेट […]

Success

Thank you for your time.