default_image

भलिबल

February 2, 2018

एपीएफ उपाधितर्फ

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको उपाधि नजिक पुगेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रवार दोहोरो जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । दोहोरो जितसँगै एपीएफले लिगमा अपराजित रहँदै १६ खेलबाट ४७ अंक बनाएर लिगको शीर्षस्थानमा उक्लिएको छ […]

February 1, 2018

एपीएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेका प्रतिद्धन्दी एपीएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले १३ औं ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोहोरो जित निकालेका छन् । बिहिवार विभागीय टिम एपीएफले दुवै खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेका हुन् । प्रतियोगितामा एपीएफ र आर्मीबीचको पहिलो चरणको खेलमा खेल […]

January 31, 2018

मैत्रीपूर्ण भलिबलमा नेपालसँग मकाउ पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली भलिबल टोलीले मैत्रीपूर्ण खेलमा शतप्रतिशत सफल नतिजा निकालेको छ । तीन वटा मैत्रीपूर्ण खेल मध्ये बुधबार मकाउसँगको जित सबैभन्दा सहज रह्यो । नेपालले मकाउलाई २५-१३,२५-१७ र २५-१७ को सोझो सेटमा हराएको छ । मकाउ पुग्नुअघि नेपालले हङकङसँग दुई मैत्रीपूर्ण खेल जितेको थियो । पहिलो खेलमा ३–२ ले जितेको नेपालले हङकङलाई अर्को […]

Dorpatan

January 31, 2018

शिवम् न्यु डायमण्ड र टप्सको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमी र टप्स उच्च मावि पोखराले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा बुधबार दोहोरो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको दोस्रो लिगको खेलमा शीर्ष स्थानमा रहेको डायमण्डले श्रीगाँउ खेलकुद विकास समिति दाङ […]

January 30, 2018

शिवम् न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीले मंगलबार दोहोरो जित निकालेको छ । राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो चरणमा डायमण्डले मेघौली स्पोर्टस् क्लब दाङ र विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै लगातार दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको […]

January 29, 2018

दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि हङकङमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीले सोमबार भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भएको छ  ।  हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५-१६, २५-१४, २६-२८, २७-२५ को स्कोरले पराजित गरेको हो। नेपालले हिजो भएको पहिलो खेल ३-२ […]

January 29, 2018

शिवम् न्यु डायमण्डमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्ड एकेडेमीमाथि रोमाञ्चक जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा एपीएफले न्यु डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पहिलो सेट २५–२० […]

January 29, 2018

हङकङसँग नेपाल आज दोस्रो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली भलिबल टोलीले हङकङमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ३४ बर्षपछि भलिबलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले हिजोको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको थियो । हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको नेपाली टोलीले आजको खेलमा सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । आइतबारको जितमा पछिल्लो सेटहरुमा नेपाली टोली बलियो देखिएको थियो […]

January 28, 2018

मैत्रीपूर्ण भलिबलमा हङकङमाथि नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । ३४ बर्षपछि भएको भेटमा हङकङको यान चाउ कोक स्पोर्टस सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको हो । नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको […]

January 28, 2018

श्रीगाँउ दाङ ढोरपाटन भलिबलको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – श्रीगाँउ खेलकुद विकास समिति दाङले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोस्रो चरणमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दोहोरो जित निकाल्दै श्रीगाँउले दोस्रो चरणको लागि स्थान बनाउन सफल भएका हो । श्रीगाँउ दाङले आइतबारको पहिलो खेलमा भक्तपुरको स्प्रिङडेल बोर्डिङ स्कुलमाथि […]

Success

Thank you for your time.