default_image

भलिबल

August 29, 2017

नेपालले मैत्रीपूर्ण भलिबलमा बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय भलिबल टोलीले पहिलो मैत्रीपूर्ण खेल जितेको छ । दुई खेलको श्रृखंलाको पहिलो खेलमा नेपालले आज बंगलादेशको राष्ट्रिय भलिबल टोलीलाई ३–१ ले हराएको थियो ।  लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको मैत्रीपूर्ण भलिबलको पहिलो सेट गुमाएपनि खेलमा फर्कन नेपाल सफल भएको थियो । आफ्नै गल्तीका कारण पहिलो […]

August 29, 2017

नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण भलिबल आज

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र बंगलादेशका राष्ट्रिय भलिबल टोलीबीचको दुईवटा मैत्रीपूर्ण खेलको पहिलो खेल आज हुँदैछ । दुवै टोलीका प्रशिक्षकले मैत्रीपूर्ण खेलबाट स्तर बढ्ने विश्वास लिएको छन् । नेपाल र बंगलादेशबीच अहिले सम्म तीनवटा खेल भएका छन् । जसमा नेपालले २ र बंगलादेशले १ खेल जितेको छ । पछिल्लो पटक दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा […]

August 28, 2017

बंगलादेशविरुद्धको खेल स्तर बढाउने अवसर : भलिबल प्रशिक्षक भट्ट

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश प्रसाद भट्टले बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपालको भलिबलको स्तर बढाउने अवसरका रुपमा लिएको बताएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुईवटा मैत्रीपूर्ण खेलको पूर्व सन्ध्यामा भट्टले यस्तो भनेका हुन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भट्टले नेपाल र बंगलदेशको स्तर समान भएकोले एकअर्कासँगको प्रतिस्पर्धाले […]

August 27, 2017

नेपालसँग खेल्न बंगलादेश भलिबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भलिबल टोली आइतबार राजधानी आइपुगेको छ । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुई वटा मैत्रीपूर्ण खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जनाएको छ । जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघले त्यसको उपलक्ष्यमा बंगलादेश टोलीलाई आमन्त्रण गरेको हो । दुवै खेल लगनखेलस्थित सेनाको कभर्ड हलमा […]

August 26, 2017

सञ्जय स्मृती प्रतिष्ठानको लौकाहा बासीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद)– मुख्यतः नेपालको भलिबल प्रबद्र्धनको उद्देश्यसहित स्थापित संजय स्मृती प्रतिष्ठानले रौतहटको दुर्गम गाउँ लौकाहामा बाढी पिडितलाई राहत साम्रगी वितरण गरेको छ । स्थानीय प्रशासनको सहयोगमा प्रतिष्ठानले हालै करिब ३० भन्दा बढी घरपरिवारलाई राहत साम्रगी वितरण गरेको थियो । बाढीका कारण तराईमा हजारौ जनताले जनधनको क्षती ब्यहोरिरहेको बेला प्रतिष्ठानले राहत वितरण गरेको हो । […]

August 26, 2017

मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद)–नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा डेनिस क्लबसँग भएको मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा शनिबार भएको मैत्रीपूर्ण भलिबलमा नेपालले डेनमार्कको भिडओभ्र क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १७–२५ ले गुमाएको राष्ट्रिय भलिबल टिमले त्यसपछिको तीनै सेट आफ्नो […]

volleyball-male

August 26, 2017

नेपाल र डेनिस क्लबबीच मैत्रीपूर्ण भलिबल आज

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली र डेनमार्कको भिडओभ्र क्लबसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० बर्ष पुरा उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपाल भलिबल संघको संयोजनमा मैत्रीपूर्ण खेल हुन लागेको हो । भलिबललाई जेठमा सरकारले राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसकै आसपासमा नेपाली […]

August 24, 2017

एपिएफ महिला भलिबल च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले छैटौ सस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पाँच पटकको विजेता शिवम् न्यू डायमण्डलाई आज ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको थियो । पहिलो संस्करणको च्याम्पियन समेत रहेको एपिएफले बिहीबारको फाइनल २५–१८, २५–१८ र २५–१२ ले आफ्नो पक्षमा पारेको छ । यसअघि लामाचौरमा भएको […]

volleyball

August 24, 2017

उपाधि जित्ने दुवै टोलीको दाबी

पोखरा (हाम्रो खेलकुद)– फाइनल पुग्ने दुवै टोलीका प्रशिक्षकले छैटौं संस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् । यद्दपी फाइनल सहज नहुनेमा दुवै प्रशिक्षक सचेत छन् । लामाचौरमा हुने आज हुने फाइनलमा शिवम न्यू डाइमण्ड र विभागिय टोली नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । न्यू डायमण्ड प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने […]

volleyball

August 23, 2017

फेरि शिवम् न्यु डायमण्ड र एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सर्वाधिक सफल टोली न्यु डायमन्डले घरेलु टोली पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र एपिएफ अर्को विभागिय नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पोखराको […]

Success

Thank you for your time.