May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार विभागिय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन्। दिनको दोस्रो खेल १:३० मा सुरु हुनेछ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत […]
May 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्यो। तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले पहिलो सेट २५-१२ ले हात पारेको थियो। दोस्रो सेट न्यु डायमण्डले २५-१६ ले जित्दै बराबरी गरेपनि पछिल्लो दुई सेटमा डायमण्ड पराजित […]
May 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजबाट चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ। आज नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ। न्यु डायमण्ड अघिल्लो संस्करणको उपविजेता हो। प्रतिस्पर्धात्मक […]
April 27, 2018
दकाठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा यसअघिको सफलतालाई पनि जोगाउन सकेन । तेस्रो स्थानका लागि कीर्गिस्तानसँग शुक्रबार भएको खेल ३–० को सेटमा गुमाएपछि नेपाल पदकबाट विमुख भएको हो । गत वर्ष नेपालले सोहि च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष टोलीले प्राप्त गरेको अहिले सम्मकै ठूलो र […]
April 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमण्ड एकेडेमीले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी आफ्ना मुख्य खेलाडी तथा सेटर कृपा अधिकारीलाई बिहिबार बधाई दिन र विदाई गर्न कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रम सुरु हुनुअघि देखि नै आगन्तुकले कृपालाई बधाई दिइरहेका थिए । सबै हसिला देखिन्थे । कार्यक्रम सुरु भएको केहि समयमा कृपाको बोल्ने पालो […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५-१४, २५-१८, २५-१९ ले पराजित भएको हो। नेपालले दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानको लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पत्र मंगलबार प्राप्त भएसँगै इन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८ औं […]
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्ने हो भने बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको आजको खेल जित्नु पर्ने हुन्छ । नेपालले तुर्केमिनिस्तानसँग आज हुने सेमिफाइनल जितेमा कम्तीमा रजत पदक पक्का गर्नेछ । यसअघि सोही प्रतियोगितामा नेपालले कास्य पदक जितेको […]
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]