default_image

भलिबल

Saraswati Chaudhary

May 8, 2018

सरस्वती सर्वोत्कृष्ट, रेश्मालाई स्पेशल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले बर्षको पहिलो उपाधिका रुपमा शनिबार केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा टोलीका महत्वपूर्ण खेलाडी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने रेश्मा भण्डारी शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद […]

May 8, 2018

एपिएफलाई बर्षको पहिलो भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले […]

May 7, 2018

पुलिसलाई फाइनलमा स्थान, पश्चिमाञ्चल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।  तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुद सोमबार त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले २५-१९,२५-१५ र २५-२२ ले पश्चिमाञ्चललाई पराजित गरेको हो। नेपाल पुलिस क्लबले फाइनलमा भोली नेपाल एपिएफको सामना […]

May 7, 2018

न्यु डायमण्डलाई पराजित गर्दै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ। तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले रोमाञ्चक खेलमा पहिलो सेट २५-१८, तेस्रो २५-१० र चौथो सेट २५-२३ले आफ्नो पक्षमा पारेको हो। न्यु डायमण्डले दोस्रो सेट २५-२१ […]

Pratibha Mali celebration

May 7, 2018

केएनपी भलिबल – सेमिफाइनलमा एपिएफ र डायमण्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब, शिवम् न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।  पहिलो सेमिफाइनल – एपिएफ विरुद्ध डायमण्ड आजको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को  विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता शिवम् न्यु डायमण्डबीच ११ बजे त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहालमा […]

volleyball second day

May 6, 2018

केएनपी भलिबल -पश्चिमाञ्चल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पश्चिमाञ्चल भलिबल टोलीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१३,२५-२० र २५-२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।  समूह ए को पहिलो खेलमा साविक विजेता नेपाल एपिएफसँग ३-० को सोझो सेटमा पराजित पश्चिमाञ्चलले समूहको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो। भोली […]

May 6, 2018

आर्मीमाथि डायमण्डको संघर्षपूर्ण जित, डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। आर्मी भने समूहमा अन्तिम हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।  तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीलाई डायमण्डले ३-२ ले पराजित गर्यो। […]

Tribhuwan Army

May 6, 2018

केएनपी महिला भलिबल – सेमिफाइनलका बाँकी दुई स्थानका लागि चार टोली भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई टोली सेमिफाइनल पुगिसकेका छन् । सेमिफाइनलमा पुगन बाँकी दुई स्थानका लागि आज चार टोली प्रतिस्पर्धामा छन् । आइतबार हुने खेलबाट बाँकी दुई टोलीको टुंगो लाग्ने छ। नेपाल एपिएफ क्लब समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगिसकेको छ […]

May 5, 2018

आर्मीलाई पराजित गर्दै पुलिस केएनपी महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी क्लबलाई ३-१ ले पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’ को दुवै खेल जित्दै पुलिस समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो।  आर्मी विरुद्ध रोमाञ्चक खेलमा पहिलो सेटमा पराजित भएको पुलिसले पछिल्लो तीन सेटमा जित हासिल गरेको थियो। निकैनै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५-२३ […]

APF vs paschim2

May 5, 2018

साविक विजेता एपिएफ केएनपी महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।यसअघि हिजो भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई एपिएफले पराजित गरेको थियो।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एपिएफले मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चललाई २५-१५, २५-८ र २५-१२ को […]

Success

Thank you for your time.