April 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजनासहित नेपाली पुरुष भलिबल टोली बिहिबार सेन्ट्रल जोन च्याम्पियनसिपको आयोजक देश बंगलादेश […]
April 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्टले सह–प्रायोजन गरेको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान र शिवम् सिमेन्टबीच मंगलबार सह–प्रायोजन सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले हस्ताक्षर गरे । सह–प्रायोजन वापत शिवम् सिमेन्टले […]
April 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिक्षा,सरस्वती, पब्लिक युथ र जया बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ । सरस्वती क्याम्पस लेखनाथ मार्गले घण्टाघर […]
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । आरआर स्ववियुले पत्रकार सम्मेलन गर्दै क्याम्पस प्राङगणमा चैत ३१ गते सम्म प्रतियोगिता आयोजना गर्ने गरि सबै तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा नेपालभरिका २२ क्याम्पसका टोलीको सहभागिता रहने बताइएको […]
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले अर्को महिना आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापान प्रालीले मुख्य प्रायोजन गरेको छ । शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालीका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच आइतबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । बैशाख २१ देखि २५ गतेसम्म आयोजना राजधानीमा हुने राष्ट्रिय महिला […]
April 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा रहेका २१ जना खेलाडीबाट ५ नयाँ अनुहारलाई १२ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीको कप्तानी इम बहादुर रानाले सम्हाल्नेछन् । टोलीमा पर्न सफल खेलाडीहरुमा कप्तान इमसँगै दिनेश […]
April 3, 2018
अर्जुन कार्की बागलुङ– नेपालको पुरुष भलिबलको चर्चा गर्दा गत वर्ष माल्दिभ्समा प्राप्त गरेको सफलताको छुट्दैन । कारण थियो नेपालले अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँन थालेको झन्डै ४ दशकपछि पहिलो पटक पदक त्यहि प्रतियोगितामा जितेको थियो । एभिसी सेन्ट्रेल जोन भलिबल च्याम्पियनसिपमा नेपाल कास्य पदक जित्दै फर्केको थियो । नेपालले पुरुष भलिबलमा प्राप्त गरेको त्यो अहिले सम्मकै […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको खुल्ला महिला भलिबल प्रतियोगिता वैशाख अन्तिम साता हुने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता वैशाख २१ देखि २५ सम्म हुने जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा हुनेछ । […]
March 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले यो वर्ष पनि तीन जना महिला भलिबल खेलाडीलाई एक वर्षको लागि छात्रबृति प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा छात्रबृति प्रदान गरिएको हो । छात्रबृति पाउनेमा नेपाल एपिएफकी रेश्मा भण्डारी, सरस्वती चौधरी र नेपाल पुलिस क्लबकी कामना विष्ट […]
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले अर्को वर्षको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोनको सोमबार माल्दिभ्समा बसेको बैठकले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार नेपालले सन् २०१९ को नोभेम्बर देखि डिसेम्बर भित्रमा च्याम्पियनसिप आयोजना गर्नेपर्नेछ । […]