default_image

भलिबल

April 19, 2019

आर्मीका कप्तान मानबहादुरले आठौं खेल्न नपाउने

सुबास हुमागाईं, नेपालगन्ज त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद खेल्न नपाउने भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा चलिरहँदा मानबहादुर मैत्रीपूर्ण प्रतियोगिता खेल्न आर्मीको स्वीकृतिविनै जापान पुगेपछि उनले आठौं खेल्न नपाउने भएका हुन् । आर्मीले प्रतियोगिता खेल्न दर्ता गरेको […]

April 19, 2019

भलिबलः एपीएफको दुवै टोली विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय टोली एपीएफको महिला तथा पुरुष टोलीले शुक्रबारको खेलमा जित दर्ता गरेका छन् । पुरुषतर्फको अर्काे खेलमा विभागीय नेपाल एपीएफ क्लबले प्रदेश ५ माथि २५–८, २५–२१ र २५–२१ को सहज जित निकाल्यो । बाँकेको खजुरामा भएको समूह चरणको अर्को खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ३–१ को जित […]

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

April 11, 2019

भलिबल : आर्मीमाथि पुलिसको ह्याट्रिक, बन्यो च्याम्पियन

चितवन (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चितवनको रत्ननगरमा बिहीबार भएको उपाधि भिडन्तमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेटमा सफलता हात पारेको हो । […]

April 11, 2019

कालिका कप भलिबलको दोस्रो दिन चार खेल

अर्जुन कार्की, बागलुङ चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको कालिका कप भलिबल प्रतियोगितामा बिहीबार चार खेल सम्पन्न भएका छन् । लिगकम नकआउट सिष्टममा खेलाइएको प्रतियोगितामा बिहीबार सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सन, काठेखोला गाउँपालिका, बागलुङ भलिबल ट्रेनिङ सेन्टर र नेपाली सेनाको २३ नम्बर बाहिनी विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थ आँखा घर छन्त्याल कन्ट्रक्सनले ३—२ को […]

April 10, 2019

आर्मी र पुलिस अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको फाइनलमा

चितवन (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब चितवनको रत्ननगरमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले भारतको तालिमनाडुलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले सुरुवाती दुई सेट २५–१७ र २५–१५ ले […]

April 8, 2019

कलेजस्तरीय पुरुष भलिबल जेठ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको आयोजनामा प्रथम राष्ट्रिय एन्जल्र्स हर्ट अन्तर विद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि हुने भएको छ । ढोरपाटन क्लबको व्यवस्थापनमा प्रतियोगिता जेठ १५ गतेबाट २१ गतेसम्म हुने आयोजक एन्जल्स स्पोर्टस् एकेडेमी एन्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । प्रतियोगितामा देशैभरबाट करिव […]

April 7, 2019

क्रोएसियामा फेयर प्ले अवार्ड जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा फेयर प्ले अवार्ड हात पारेको नेपाली युथ टोली आइतबार स्वदेश फर्किएको छ । नेपाली युथ टोली आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएको हो । नेपालले एक खेलमा जित हात पारेपनि उत्कृष्ट र मन जित्ने प्रदर्शन गरेको भन्दै आयोजकले फेयर प्ले […]

April 7, 2019

केएनपी भलिबललाई मुक्तिनाथको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ बिकास बैंकले प्रायोजन गरेको छ । आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताको लागि मुक्तिनाथ बिकास बैंकसँग प्रायोजन सम्झौता गरेको हो । सम्झौतामा मुक्तनाथ बिकास बैंका सिइओ प्रद्युमान पोखरेल र शेरबाहदुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले […]

April 6, 2019

क्रोएसियामा नेपाललाई फेयर प्ले अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – क्रोएसियामा सम्पन्न आइएसएफ विश्व स्कुल यु–१५ च्याम्पियनसिप भलिबलमा नेपालको प्रतिनिधित्व गरेको न्यु डायमन्ड एकेडेमीले फेयर प्ले अवार्ड हात पारेको छ । नेपालको न्यु डायमन्ड एकेडेमीले महिला यु–१५ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले उच्च प्रदर्शन गर्दै फेयर प्ले अवार्ड जित्न सफल भएको नेपालको हेड अफ डेलिगेसन राजकुमार कार्कीले हाम्रो खेलकुदलाई […]

Success

Thank you for your time.