May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले वर्ष २०७६ को लागि आफ्नो बार्षिक कार्यक्रम सार्वजजिक गरेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै २२ कार्यक्रमसहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । यसपटक संघले यो वर्ष २२ कार्ययोजना ल्याएको छ । संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघको पहिलो कार्यक्रम एफआइभीबी लेभल […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीको जुनियर टोलि प्रथम पारामाउन्ट इन्टर स्कुल महिला भलिबल प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पारामाउन्ट स्कुल नजिक तिनकुनै भलिबल कोर्ट कुलेश्वरमा बिहीबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमन्डले दोहोरो जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । पहिलो खेलमा न्यु डायमन्डले पारामाउन्ट निलोलाई २५–१२ र […]
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी महत्वपुर्ण सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले १२औं स्याङ्जा कप भलिबल प्रतियोगिता अन्तरगतको महिलातर्फको उपाधि जितेको छ। टुइन मुन हङकङमा भएको महिलातर्फको फाइनलमा सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लब हङकङले नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मन्जु गुरुङ सम्मिलित पर्वत क्लब हङकङलाई २–१ को सेटमा पराजित […]
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबमा महत्वपुर्ण सदस्य सरस्वती चौधरी एक भलिबल प्रतियोगिताको लागि हङकङ पुगेकी छन् । आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक केएनपी जापान राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै सरस्वती हङकङ प्रस्थान गरेकी हुन् । मंगलबार राति हङकङ प्रस्थान गरेकी सरस्वती आज बिहान हङकङ पुगेकी हुन् […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले पाँचौ केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जित्ने क्रममा फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको खेलमा एपीएफ ३-० ले विजयी भएको हो । प्रतियोगिताको उपाधि जित्दै २ लाख रुपैयाँ प्राप्त गरेको एपीएफले व्यक्तिगत अवार्डतर्फ पनि वर्चस्व कायम गर्यो । उपविजेता आर्मीले १ […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद )– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३-० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ । लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५-१४,२५-९,२५- १५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई […]
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले महिला भलिबल टोली निर्माण गरेको पाँच वर्ष मात्रै भएको छ । पाँच वर्षको अवधिमा आर्मीको महिला भलिबल टोलीले दर्जनौ प्रतियोगिता खेलेपनि उपलब्धि हात पार्न सकेको थिएन । यस्तोमा आर्मीको महिला भलिबल टोली राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै उपाधिनजिक पुगेको छ । […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- त्रिभुवन आर्मी क्लब केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार हुने उपाधि भिडन्तमा आर्मीले अर्को विभागिय टोली नेपाल एपिएफको सामाना गर्ने छ । आर्मीले सोमबार भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको थियो । निरुता ठगुन्नाको उच्च प्रदर्शनबाट प्रेरित आर्मीले पहिलो सेट गुमाए पनि […]
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा पुगेको छ । लगनखेलस्थित नेपाली सेनाको कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई २५–१६, २५–२० र २५–२६ को सोझो सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो। एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित दर्ता गरेपछि एपीएफ पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समूह विजेताको रुपमा प्रवेश गरेको छ । लगनखेलस्थित आर्मी प्रशिक्षण केन्द्रको कभर्ड हलमा एपीएफले आर्मीलाई पाँचौ सेटमा पराजित गर्यो । पहिलो सेट २५-१४ ले जितेको एपीएफले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । तेस्रो […]