default_image

भलिबल

February 1, 2019

रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा १२ टोली

काठमाडौं (हाम्रो खेलकुद) – रामेछाप जिल्ला खेलकुद बिकास समितिको आयोजनामा विगत तीन वर्ष निरन्तर आयोजना हुदै आएको रामेछाप सिभिल राष्ट्रिय पुरूष भलिबल च्याम्पियनसिपको चौथो संस्करण आउदो मंगलबारबाट हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म रामेछाप सदरमुकाम मन्थली हुने जानकारी गराएको हो । प्रतियोगितामा प्रदेशका ७ […]

January 31, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल: चितवनको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद ) – चितवन टाइगर्सले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बिहीबार दोहोरो जित निकालेको छ । चितवनले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको पहिलो […]

January 30, 2019

न्यु डायमन्डलाई होङ्गगान्जीको १५ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नैकापको न्यु डायमन्ड एकेडेमीलाई होङ्गगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ ।न्यु डायमन्डले बुधबार होङ्गगान्जी बौद्ध समाजसँग एक वर्षको लागि मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्भवत नेपालको क्लब भलिबलको इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । भलिबलको सम्झौतामा न्यु डायमन्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गगान्जीका कन्ट्री म्यानजेर […]

January 29, 2019

एपिएफ शीर्षस्थानमा यथावत

काठमाडौं (हाम्रो खेलकुद)- डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् । पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र […]

January 28, 2019

पुलिसको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ । साविकको विजेता नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१ अंक भएपनि पुलिस […]

January 27, 2019

एपीएफलाई पछि पार्दै पुलिस शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबले आइतबार दोहोरो जित निकाल्दै राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताका शीर्ष स्थानमा उक्लिएको छ । लिगमा अपराजित रहेको पुलिसले एक खेल कम खेलेको एपीएफलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । पुलिसको ७ खेलबाट २१ अंक पुगेको […]

January 26, 2019

रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल -आर्मी र पश्चिमाञ्चल विजयी

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीले चितवन टाईगर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा आमीले […]

January 25, 2019

एनभीए अवार्ड : सरस्वती र धनबहादुर उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट एनभीए अवार्ड वर्ष २०७५ का उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले वर्षेनी प्रदान गर्दै आएको अवार्डसँगै दुवै खेलाडीले जनही २५-२५ हजार रुपैया प्राप्त गरे । उदयीमान खेलाडीतर्फ महिलामा आर्मीको निरुता ठगुन्ना र […]

January 25, 2019

पश्चिमाञ्चलको दोहारो जित, एपीएफसँग पुलिसको अंक बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राजधानीमा जारी जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार दोहोरो जित निकालेको छ । आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको पश्चिमाञ्चलले बिहीबार थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित […]

January 24, 2019

ढोरपाटन भलिबलको पहिलो खेलमै पश्चिमाञ्चल सेवसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)-पश्चमाञ्चल क्षेत्रीय भलिबल संघ राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग पराजित भएको छ । प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा पश्चिमाञ्चल आफ्नो पहिलो खेलमै तीन भारतीय खेलाडी सम्मिलित सेवसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको हो । प्रतस्पर्धात्मक बनेको […]

Success

Thank you for your time.