August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका चार खेलाडी सुकीर्ति पदकबाट सम्मानित भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सुकीर्ति पदक प्राप्त गर्नेमा आर्मीका भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र भैरव बम तथा एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल रहेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित सेनाको मुख्यालयमा आयोजित कार्यक्रमा चार […]
August 5, 2019
काठमाडौं (हाम्रो खलकुद)- नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालाई मातृ शोक परेको छ । १ सय २ वर्षकी आमा लिलादेवी अर्यालको आज दिउँसो काठमाडौंको ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनका २ छोरा र […]
August 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनमा यहि भाद्र २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता हुँदैछ । लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । एभीसी एसियन […]
August 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान इम रानाले आसन्न एभीसी एसियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले फाइनल पुग्ने लक्ष्य राखेको बताएका छन् । लगनखेलस्थित आर्मीको कभर्ड हलमा यहि भाद्र २ देखि ७ सम्म हुने प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, […]
July 24, 2019
अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]
July 22, 2019
हाम्रो खेलकुद टिम, काठमाडौं ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक संख्या हो । खेलकुदमा यो भनाइलाई परिभाषित गर्ने हो भने तपाईंको खेल्ने क्षमता र दक्षता छ भने उमेर एक संख्यामै सिमित रहन्छ । यस भनाइलाई कागजमा मात्र सिमित नराखेर वास्तविक जीवनमा अबलम्बन गरेका थुप्रै उदाहरण छन् । अझ खेलकुदमा यसका असिमित उदाहरण […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाल भलिबल संघले नियमित कप्तान विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राख्दै २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्यो । संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले गत १४ जेठमा नेपाल भलिबल संघलाई २५ सदस्यीय प्रारम्भिक टोलीको नामावली पठाएको थियो । कप्तान […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउन अन्तिम साता नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका तयारीका रुपमाभारतसँग तीन मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल भलिबल संघले भारतसँग यही साउन ९, १० र ११ गते तीन मैत्रीपुर्ण खेल खेल्ने तय भएको जानकारी गराएको छ । संघले एभीसी सेन्ट्रल जोन भलिबल […]