August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा भाग लिनका लागि उज्वेकिस्तानको भलिबल टोली आइतबार नेपाल आइपुगेको छ । सोमबारबाट सुरु हुने च्याम्पियनसिपका लागि अन्य टोली भने यसअघि नै आइसकेका छन् । नेपालसहित च्याम्पियनसिपमा ७ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्येकै एक टोलीले अफगानिस्तान र नेपालबीच दुई वटा मैत्रीपूर्ण खेल भएको थियो […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी टोलीहरु आउने क्रम जारी छ । यसक्रममा रसियन ब्लकका दुई टोली तुर्कमेनिस्तान र किर्गीस्तान पनि शनिबार विहान नेपाल आइपुगेका छन् । दुवै टोली आज विहान १:३० बजे काठमाडौंमा आइपुगेका हुन् । टोलीहरुलाई […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता नेपाल २०१९ अन्तर्गत समूह चरणको खेलतालिका र समूह विभाजन शुक्रबार सार्वजनिक भएको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र किर्गिस्तानसहित ३ टोली रहेका छन् । यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले समूह […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पिनसिपका लागि सहभागी टोलीहरु आउने क्रम जारी छ । यसैक्रममा बंगलादेश भलिबल टोली आज बिहान १२ बजे काठमाडौंमा आइपुगेको छ । बंगलादेश भलिबल टोलीलाई नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, ऐन बहादुर शाही, सचिव […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको लागि माल्दिभ्स भलिबल टोली शुक्रबार नेपाल आइपुगेका छन्। माल्दिभ्स भलिबल टोली शुक्रबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई स्वागत गर्न नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केलगायतका पदाधिकारीहरु विमानस्थल पुगेका थिए । आजै अन्य तीन टोली पनि नेपाल आइपुग्ने नेपाल […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानविरुद्ध लगातार दोस्रो जित दर्ता गर्दै दुई खेलको मैत्रीपूर्ण सिरिज २-० ले जितेको छ । बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको खेलमा नेपाल २-० सेटले पछाडी परेपनि उत्कृष्ट पुनरागमन गर्दै खेल जित्न सफल भयो । अफगानिस्तानले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम बहादुर रानाले अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपुर्ण खेल नखेल्ने भएका छन् । अर्का भरपर्दा ओपन स्पाइकर धन बहादुर भट्टले पनि खेल्ने सम्भावना न्यून रहेको छ । बुधबार अफगानिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ३–२ को रोमाञ्चक जित हात पार्दा उच्च प्रदर्शन गरेका इम र धनले खेल दौरान चोट बोकेका […]
August 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको छ । काठमाडौं […]
August 14, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान ईम बहादुर मगर र ओपन स्पाइकर धनबहादुर भट्ट क्षेत्री अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएका छन् । चौथो सेटको अन्तिम समयमा खुट्टामा समस्या आएपछि ईम बाहिरिएका थिए । उनले खेल्ने क्रममा केहि असहज महसुस भएपछि बाहिर निस्कन प्रशिक्षकलाई भनेका थिए । खेलपछि प्रशिक्षक हान एबिङले पनि […]
August 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमै आयोजना हुन लागेको पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मेत्रीपुर्ण खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । लगनखेलस्थिन नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेटमा तालमेल मिलाउन नसक्दा २२–२५ ले गुमाएको नेपालले त्यसपछिको दुवै […]