default_image

भलिबल

September 16, 2019

मानबहादुरले पुलिसविरुद्धको फाइनल खेल गुमाउने

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका पहिलो रोजाईका ओपन स्पाइकर मानबहादुर श्रेष्ठले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको मंगलबार हुने नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेल गुमाउने भएका छन् । सोमबार भएको फाइनल दौरान बाया खुट्टाको एंकलमा चोट बोकेर मैदान बाहिरिएका मानबहादुरले मंगलबार हुने फाइनल खेल गुमाउने पक्का भएको […]

September 16, 2019

आर्मी र पुलिसबीचको फाइनल वर्षाले प्रभावित, भोलि फेरि हुने

काठमाडौं (हाम्रो खेलकुद)- दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वर्षाले स्थगित भएको छ । निर्धारित समयभन्दा केही ढिला गरी फाइनल सुरु हुदा खेल वर्षाले प्रभावित बनेको हो । अब फाइनल खेल सुरुबाटै मंगलबार हुने आयोजकले जानकारी […]

September 16, 2019

एपिएफलाई हराउँदै गण्डकी प्रदेश तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) –  सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।  नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई  ३-२ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।   तेस्रो भएको गण्डकीले १ लाख रूपैयाँ […]

September 16, 2019

आर्मी र पुलिस उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा दिउँसो १ बजेपछि शुरु हुनेछ । त्यसअघि गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीच […]

September 15, 2019

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार गंगाबुस्थित नयाँ बसपार्कमा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई ३-२ सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । सुरुवाती दुई सेट २५-२१ र २५-२० ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गुमाएको थियो […]

September 14, 2019

पुलिस र एपिएफबीचको सेमिफाइनल स्थगित !

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबको प्रतिद्वन्द्विको टुंगो आइतबार मात्र लाग्ने भएको छ । आर्मी आजै भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  गंगाबुस्थित नयाँ बसपार्कमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खराब प्रकाशका कारण […]

September 14, 2019

गण्डकीलाई पराजित गर्दै आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकीलाई ३-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धाताम्क खेलमा गण्डकीले एक समय आर्मीलाई दबाबमा राखेपनि आर्मीले जित हासिल […]

September 13, 2019

पुलिस समूह विजेता, सेमिफाइनलमा एपिएफसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत समूह बीको समूह विजेता बनेको छ । गोगंबु नयाँ बसपार्कमा जारी प्रतियोगितामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदशलाई ३–१ ले हराउँदै पुलिस समूहको विजेता बनेको हो ।   पराजित गण्डकी उपविजेता बनेको छ । दुवै टोली यो […]

September 13, 2019

अपराजित आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लब प्रथम प्रकाश दाहाल प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा हराएको थियो । अपराजित आर्मीले ढोरपाटनमाथि २५–१४,२५–१९ र २५–२२ ले हराएको थियो । उक्त समूहबाट अर्को विभागिय टोली […]

September 12, 2019

तीनै विभागसँगै गण्डकी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिका दावेदार तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबसँगै गण्डकी प्रदेश प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइानलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा बिहीबार भएको खेलमा आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित […]

Success

Thank you for your time.