default_image

भलिबल

October 15, 2019

थाइल्यान्ड जाने महिला भलिबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको थप तयारी र केही अभ्यास खेलका लागि थाइल्यान्ड जाने नेपाली राष्ट्रिय महिला भलिबल टोलीको मंगलबार बिदाई गरिएको छ । टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाल, राष्ट्रिय […]

October 15, 2019

विश्व सैन्य बिच भलिबललाई मान र दिल चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]

October 15, 2019

अरुणालाई कप्तानको जिम्मेवारी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले नयाँ कप्तानको रुपमा अरुणा शाहीलाई पाएको छ । १३औं सागको लागि टोलीका नियमित कप्तान बिनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ २५ सदस्यीय प्रारम्भिक टोलीमै नपरेपछि नेपाली महिला टोलीको कप्तान को हुने भन्नेमा कौतुहलता रहेको थियो । मंगलबार नेपाल भलिबल संघले अरुणालाई कप्तान घोषणा गरेको हो । […]

October 14, 2019

महिला भलिबल टिमको प्रशिक्षण थाइल्याण्डमा, बुधबार जाने

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने भएको छ । संघले मंगलबार बिहान टोलीको बिदाई कार्यक्रम राखेको छ । प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुदैछ […]

October 12, 2019

साथीभाईलाई बडिमालिका कप भलिबल उपाधि

बाजुरा (हाम्रो खेलकुद)– अछाम मार्कुको साथीभाई क्लबले दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । वाजुराको त्रिवेणी नगरपालिका पैमास्थित पार्वती माविको मैदानमा भएको फाइनलमा साथीभाई क्लबले बाजुराको वुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । साथीभाई २५–१२, २५–२३ र २९–२७ को सेटमा विजयी भएको थियो । […]

October 12, 2019

भलिबल खेलाडी कोपिलालाई राष्ट्र सेवा पदक

काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भएकी छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएकी  हुन् । झन्डै एक दशक भन्दा लामो समयसम्म प्रहरी सेवामा रहेकी कोपिला लामो समय राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियलाी खेलकुद (साग) का लागि […]

October 12, 2019

भलिबल संघका अध्यक्ष शर्मालाई पत्नी शोक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई पत्नी शोक परेको छ । शर्माको पत्नी इश्वरी शर्माको ६७ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं १६ कालधारा ठमेलमा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनकै आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिनेछ । उनको पार्थिव शरीरमा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, १३औं सागको बन्द […]

October 5, 2019

विश्व भलिबलको मुख्यालयमा कोपिलाको वृत्तचित्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल खेलाडी कोपिला उप्रेतीको वृत्तचित्र अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लजानमा सार्वजनिक गरिएको छ । उनको वृत्तचित्र बिहीबार राति सार्वजनिक गरिएको हो । एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका हितेश मल्होत्राले कोपिलो भिडियोबाट आफु प्रभावित रहेको र भिडियो निर्माण गर्ने प्रोजेक्ट भलिबल फर लाइफलाई सहयोग गर्ने बताएका छन् । […]

October 3, 2019

मानबहादुर र दिलको जोडीले विश्व सैन्य बिच भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको […]

October 2, 2019

मेलम्चीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- मेलम्ची नगरपालिकाले प्रथम कालिकादेवी संस्थापक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा मेलम्ची नगरपालिकाले चौतारा नगरपालिकालाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । घरेलु दर्शकको समर्थन पाएको चौताराले सुरुमा मेलम्चीलाई केही दबाबमा राखेपनि मेलम्चीका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै सहज जित निकाल्न […]

Success

Thank you for your time.