default_image

भलिबल

November 24, 2019

साग भलिबल : महिलातर्फ उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३औं दक्षिण एसयाली खेलकुद (साग) अन्तरगतको महिला भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । नेपाल भलिबल संघले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा सहज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले दुई साताअघि बंगलादेशमै आयोजना भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला […]

November 22, 2019

महिला भलिबल टोलीलाई राष्ट्रपतिको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई शुक्रबार बधाई तथा सम्मान ज्ञापन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आफ्नै निवास शितल निवासमा शुक्रबार ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान व्यक्त गरेकी हुन् । नेपाली राष्ट्रिय महिला भलिबल टिमले कात्तिकअन्तिममा […]

November 22, 2019

पूर्व राष्ट्रिय खेलाडी परीक्षाद्वारा भलिबल टोलीलाई जर्सी सौजन्य

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय भलिबल खेलाडी परीक्षा गुरुङले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको बिच भलिबल टोलीलाई जर्सी सौजन्य गरेकी छिन् ।   हाल बेलायतमा रहेका गुरुङले आफु संलग्न अल्डरसट भलिबल क्लबको तर्फबाट बिच टोलीलाई १२ सेट जर्सी सौजन्य गरेकी हुन् । उनले इन्डोर भलिबल खेलाडीलाई पनि निक्याप र जर्सी निशुल्क उपलब्ध […]

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

November 19, 2019

महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई मंगलबार सम्मानित गरेका छन् । उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको भवन, हरितगृहमा ऐतिहासिक उपाधि जित्न सफल नेपाली महिला राष्ट्रिय टोलीलाई बधाई तथा सम्मान गरेका हुन् । उनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश […]

November 18, 2019

महिला भलिबल टिमलाई बाणिज्य बैकको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा भर्खरै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय बाणिज्य बैकले सोमबार सम्मान तथा बधाई ज्ञापन गरेको छ । बाणिज्य बैकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले खेलाडीहरुलार्य माला तथा मायाको चिनो सहित टिमलाई कदरपत्रद्वारा सम्मान गरेका थिए । भलिबललाई पहिलो ठुलो प्रायोजकको रुपमा रहेको बाणिज्य […]

November 17, 2019

च्याम्पियन टोलीलाई संघको जनही २५ हजार पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा ऐतिहासिक उपाधि जित्न सफल टोलीलाई जनही २५ हजार दिने घोषणा गरेको छ । संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ  प्रदान गरिने निर्णय गरेको […]

November 15, 2019

महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कारको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ । टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३-३ लाख दिने घोषणा गरेका हुन् । […]

November 15, 2019

ऐतिहासिक पदक विजेता भलिबल टोलीलाई दुतावासको बिदाई

ढाका (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज (शुक्रबार) स्वदेश फर्कदै छ । टोलीलाई आज ढाकास्थित नेपाली राजदुतावासले एक कार्यक्रम आयोजना गर्दै बिदाइ गर्यो । कार्यक्रममा बोल्दै सहायक राजदुत धनबहादुर ओलीले नेपाली टोलीलाई ऐतिहासिक सफलताको हासिल गरेकोमा बधाई दिए । ‘ नेपाली टोलीले यहाँ आएर प्रतियोगिता […]

November 15, 2019

जसले नेपाललाई च्याम्पियन बनाए

सुबास हुमागाईं, ढाका महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन । कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको […]

Success

Thank you for your time.